काठमाडौं, फागुन १० – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले माओवादी नसुध्रिएसम्म विद्यमान राजनीतिक गतिरोध नहट्ने बताउनुभएको छ । देउराली क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले माओवादीले पुर्ण रुपमा शान्ति आत्मसाथ नगरेसम्म गतिरोध लम्बिरहने दावी गर्नुभयो । ‘माओवादीले अनेकौ बखेडा झिकेर सेना समायोजन प्रक्रियालाई लम्ब्याइरहेको छ’, सिंहको आरोप थियो, ‘माओवादी नसुध्रिकन शान्ति प्रकृया र संविधान निर्माणमा
माओवादीले सेना समायोजन प्रक्रियालाई लम्ब्याइरहेको छ : प्रकाशमान सिंह
आन्तरिक रुपमा बनाइएको कार्यतालिका पनि प्रभावित
काठमाडौं, फागुन १० – संविधान निर्माणका लागि आन्तरिक रुपमा बनाइएको कार्यतालिका पनि प्रभावित भएको छ । संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले सबै विवादीत विषयमा सहमति खोज्न सवैधानिक समितिलाई बुधबारसम्मको समय दिएको थियो । दलहरु आ-आफ्नै अडानमा रहेपछि आन्तरिक कार्यतालिका प्रभावित भएको हो । सहमति खोज्न तीन दलको शीर्ष नेता बिहीबार मात्रै बैठक बस्ने निर्णय गरेका छन्
सञ्चारमन्त्री गुप्ता दोषी, डेढवर्ष कैद सहित ८४ लाख जरिवाना गर्ने सर्वोच्चको फैसला
काठमाडौं, फागुन ९ – सर्वोच्च अदातले अकुत सम्पत्ती आर्जन गरेको आरोपमा सूचना तथा सञ्चार मन्त्री जेपी गुप्तालाई दोषी ठहर गरी ढेड वर्ष कैद र ८४ लाख ९ हजार २८ रुपैयाँ ७ पैसा जरिवानाको फैसला सुनाएको छ । गुप्ताले २०४८ देखि २०५९ सालसम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीका प्रेस सल्लाहकार लगायत विभिन्न सार्वजनिक ओहोदामा रहँदा भ्रष्टाचार
आगलागीमा १३ जना गम्भीर घाइते
गोरखा, फागुन ८ । उत्तरी गोरखाको विकट उहिया गाविसको एक घरमा गएराति आगलागी हुँदा किरियापुत्री कुर्न बसेका एक दर्जनभन्दा बढी स्थानीय सर्वसाधारण घाइते भएका छन् । उहिया-१ खोर्लाका सुवानसिंह गुरुङको घरमा आगलागी हुँदा ती मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार आगलागीमा स्थानीय कमल गुरुङ, अरुण गुरुङ, टेकबहादुर
महाशिवरात्री धुमधामका साथ मनाइँदै
काठमाडौं, फागुन ८ । हिन्दूहरुको महान पर्व महाशिवरात्रीका अवसरमा लाखौं भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । मुलुक भित्रका मात्र नभइ, भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएका छन । राजधानीको विभिन्न शिव मन्दिरहरुमा महाशिवरात्रीको विशेष रौनक देखिएको छ । त्यस्तै पूर्वको खोटाङ जिल्लामा रहेको हलेसी महादेव, जलेश्वरमा रहेको जलेश्वर महादेव लगायतका शिव मन्दिरहरुमा श्रद्धालु
प्रजातन्त्र दिवस मनाउने क्रममा भंगता, विदेशमा रहेका दुतावासमा अन्यौल
काठमाडौँ,फाल्गुन ७ (एनयमक्याफे) क्रमभंगताका नारामा राम्रा नराम्रा दुवै खाले परम्परालाई परिवर्तन गर्न खोज्ने माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने क्रममा पनि भंगता भएको छ l राणा शासन विरुद्दको आन्दोलनले २००७ सालमा पाएको उपलब्धिको स्मरणमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक अघोषित तवरले मनाइएन । स्रोतका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम
माओवादी शान्ति बिरोधी भएको एमाले अध्यक्ष खनालको भनाई
काठमाडौं, फागुन ७ (एनयमक्याफे) नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी शान्ति विरोधी भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष खनालले आजसम्म भएका सहमती कार्यान्वयन नगरेर माओवादीले आफैलाई शान्ति विरोध भएको पुष्टि गरेको बताउनुभयो । खनालले भन्नुभयो ‘शान्ति प्रकृया पूरा गर्ने आधा भाग माओवादीकै भए पनि त्यसका लागि ऊ गम्भीर भएको छैन।
दाइजोका लागि एक बर्षमै १३ महिला मारिए
काठमाडौं, फागुन ७(एनयमक्याफे) दाइजोको विषयलाई लिएर सन् २०११ मा मात्र १३ जना महिलाको हत्या भएको छ । त्यसमध्ये रौटहटमा मात्र ८ जना महिला मारिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार काठमाडौंमा मानवअधिकार वर्ष पुस्तक २०१२ सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । इन्सेकका अनुसार यसवर्ष जम्मा ३ सय ७७ जनाको हत्या भएकोमा १२
देशको अखण्डतामा ध्यान दिन राष्ट्रपति यादवको आग्रह
काठमाडौं, फागुन ६ (एनयमक्याफे) राष्ट्रपति डाक्टर रामवरण यादवले राज्य पुनर्संरचना गर्दा मुलुकको अखण्डतामा ध्यान दिन राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको छ । काभ्रेको बनेपामा मध्यमाञ्चल महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले मुलुक सिंगो रहने र नेपाली भएर बाँच्ने अवस्था बनाउन दलहरुको ध्यानाकर्षण गर्नुभएको हो । ९० प्रतिशत नागरिक अखण्ड र सिंगो नेपालका पक्षमा रहेकाले मुलुकको अखण्डतामा
हामीले जातीय राज्य मागेका होइनौंः बैद्य
काठमाडौं, फागुन ६ (एनयमक्याफे) एकिकृत नेकपा माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य, किरणले आफुहरुले जातीय राज्य नमागेको बताउनु भएको छ । युवा समाज नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बैद्यले आफुहरु नागरिकको समस्या समाधान गर्ने खालको संबिधानको पक्षमा रहेको भन्दै जातीय राज्यको वकालत गरेको कुराको खण्डन गर्नु भयो । माओबादीले साम्यवादको कुरा गर्ने तर जातीय राज्यको अडान राख्ने
- माओवादीले सेना समायोजन प्रक्रियालाई लम्ब्याइरहेको छ : प्रकाशमान सिंह
- आन्तरिक रुपमा बनाइएको कार्यतालिका पनि प्रभावित
- सञ्चारमन्त्री गुप्ता दोषी, डेढवर्ष कैद सहित ८४ लाख जरिवाना गर्ने सर्वोच्चको फैसला
- आगलागीमा १३ जना गम्भीर घाइते
- महाशिवरात्री धुमधामका साथ मनाइँदै
- प्रजातन्त्र दिवस मनाउने क्रममा भंगता, विदेशमा रहेका दुतावासमा अन्यौल
- माओवादी शान्ति बिरोधी भएको एमाले अध्यक्ष खनालको भनाई
- दाइजोका लागि एक बर्षमै १३ महिला मारिए
- देशको अखण्डतामा ध्यान दिन राष्ट्रपति यादवको आग्रह
- माओवादी लडाकुले सेनानी भन्दा माथिको दर्जा नपाउने : नेपाली सेना




