रुपियांलाई उपियाँ भने पनि
उपियाँलाई रुपियां भने पनि
उस्तै हो
छिमेकी बगरेलाई, दाई भने पनि
छिमेकी दाईलाई, बगरे भने पनि
उस्तै हो
शान्तिलाई भ्रान्ति भने पनि
भ्रान्तिलाई शान्ति भने पनि
उस्तै हो
गिद्धलाई सिद्ध भने पनि
सिद्धलाई गिद्ध भने पनि
उस्तै हो
हरुवालाई जितुवा भने पनि
जितुवालाई हरुवा भने पनि
उस्तै हो
सीमालाई कीमा भने पनि
कीमालाई सीमा भने पनि
उस्तै हो
आखिर
शब्दले अर्थ नरोजे पछि
अर्थले शब्द नखोजे पछि
ज(जसलाई जे जे भने पनि
परिबर्तन भने पनि, नभने पनि
त्याग भने पनि, नभने पनि
क्रांति भने पनि, नभने पनि
सबै उस्तै उस्तै हो
त्यसैले त नानी
“हात्ती भने पनि, हात्ती छाप चप्पल भने पनि
सबै उस्तै उस्तै हो “








