सङ्घीयता, आयोग र विज्ञ समूह

उन्मादकै भए पनि सङ्घीयता नेपाली राजनीतिको वाध्यकारी परिणाम बन्ने निश्चितै भयो । मुलुकको आर्थिक अवस्था आत्मनिर्भर, पूँजीवादउन्मूख सामाजिक चेतना तथा राजनीतिक इमान भएका खण्डमा सङ्घीयतालाई नराम्रो भन्न मिल्दैन । तर सामन्ती सामाजिक चेतना बोकेका मानिसहरु ९५ प्रतिशत भन्दा बढी भएको नेपालजस्तो मुलुकमा सङ्घीयताले सकारात्मक परिणाम दिँदैन । प्रणाली जहिले पनि चेतनासँग जोडिएको हुन्छ । प्रणाली पूँजीवादी तर चेतना सामन्तवादी भएको हुनाले अहिलेको नेपालमा धेरै गञ्जागोल भएको हो ।

०६२ – ६३ को आन्दोलनले हामीलाई राजनीतिको लामो फड्को मार्न लगायो । लोकतान्त्रिक गणतन्त्र भन्नु पूँजीवादी प्रणाली हो । तर भरखरै निरङ्कुशतन्त्रबाट मुक्ति पाएको नेपाली चेतना प्रणाली परिवर्तनसँगै फड्को मार्न सक्ने अवस्थामा थिएन । हजारौँ वर्षदेखिको सामन्तवाद १९ दिनको जनआन्दोलनले पुछपाछ गरेर समाप्त हुने कुरो पनि थिएन । त्यसैले हाम्रा नेताहरुले आफू  तथा जाति जनजाति सबैलाई न्यूनतम रुपमा पूँजीवादी चेतमा उकाल्नु पर्दछ । नेपाली सामाजिक चेतना पूजीँवादी हुन सकेन भने सङ्घीयता – एउटा ठूलो विनाशको कारक हुनेछ । हुनसक्छ त्यतिबेला मुलुकमा त्यसरी नै वैदेशिक हस्तक्षेप होस्, जसरी पृथ्वीको सुन्दर फूलबारी भनेर चिनिने युगोस्लाभियामा भएको थियो ।

नेपालका दुई धार मानिने दुई ठूला पार्टी – नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेस दुबैको लक्ष समाजवाद नै हो । नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवाद भन्छ भने सबै कम्युनिस्ट पार्टीहरुले समाजवादी प्रजातन्त्र भनेर आफ्नो गन्तब्य घोषित गरेका छन् । तर नेपालका ठूला नेताहरु गर्वसाथ ‘हामी पूँजीवाद निर्माणको यात्रामा समाहित भएका छौँ अहिले’ भन्न पनि चाहँदैनन् । सामन्तवादबाट एकै चोटी समाजवादमा जान यो सँसारमा कोही पनि सक्दैन । त्यसैले हामीले अब गर्ने भनेको पूँजीवाद निर्माणको काम हो ।

जनतामा पूँजीवादी चेत भर्न सबैभन्दा पहिले नेताहरुले पूँजीवादलाई आत्मसात गर्न सक्नुपर्छ । लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रपति र प्रधानमन्त्री लगायतका ‘ठूला मान्छेहरु’ पछुवा गाडीहरुका बीचमा बसेर आनन्दको गाडीमा गुड्दैनन् । अझ राजाले प्रयोग गर्ने कारगेट राष्ट्रपतिका लागि उपलब्ध गराउनु भनेको त नेपाली गणतन्त्रलाई श्रीपेच बिनाको राजाको शासनमा लैजानु हो । लोकतान्त्रिक गणतन्त्रमा जुन प्रणाली अवलम्बन गरिनै हुँदैनथ्यो, अहिले त्यही भैरहेको छ । अर्थात अझै पनि हाम्रा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरुले चेतनाको सामन्तवादलाई मारेर त्यसमा पूँजीवाद भर्न सकेका छैनन् । अनि कहाँबाट नागरिकले पूँजीवादी चेत सिकून् ?

नेपालको सामाजिक चेत सामन्तवादी भएकै हुनाले विगतमा सङ्घवादीहरुले सङ्घीयता विरोधीलाई आफ्नो क्षेत्रमा प्रवेश निषेधको बार लगाए, सङ्घीयताप्रति विरोध जनाउनेहरुलाई कुटपीट र लछारपछार गरे । नेपालमा सङ्घीयता सफल हुँदैन भन्ने सत्यको पहिलो उद्घाटन थियो त्यो । मान्छेको दिमागबाट सामन्तवाद पुछपाछ भएर गएको भए सङ्घीयताको समर्थन र विरोध दुबै स्वीकार्य हुन्थे दुबैका पक्षका लागि । यति मात्र होइन सङ्घीयतालाई बलात् स्वीकार नगर्नेहरुले भूमि छोड्नु पर्ने फतवा नेपालमा जारी पनि भएकै छ ।

सङ्घीयता त आरम्भिक पूँजीवाद मात्र होइन । त्यो हो सम्पन्न पूँजीवाद । देश चलाउन विदेशका दातृराष्ट्र र दातृसँस्था नचाहिने अवस्था हो सङ्घीयता ! सङ्घीयताको तहको पूँजीवाद भनेको सम्पूर्णतामा आर्थिक आत्मनिर्भरता हो । आफूले कमाएको पैसाले आफूलाई पुग्ने मात्र होइन, उभ्रिएको केही पैसा अर्को कुनै गरीबलाई दान दिने तहको राज्यप्रणाली हो सङ्घीयता । हाम्रो नेपालको अर्थतन्त्र आत्मनिर्भर नभएको मात्र होइन, नेपालको परिचय एउटा मगन्ते देशको रुपमा भएको छ ।
नेपालका कुनै विज्ञले सङ्घीयताको यो गम्भिर मर्मतिर ध्यान पु-याएको अहिलेसम्म देख्न पाइएन । यो नेपालको ठूलो दुर्भाग्य हो । ‘मेरो देश समाज विकासको कुन तहमा छ’ भनेर चिन्तन गर्ने न नेता कोही देखा पर्न सके, नत कोही विद्वान नै !

अहिलेको नेपाली सङ्घीयताको चेतना छ कक्षामा पढिरहेको विद्यार्थीलाई नक्कली कागज बनाएर कक्षा दशको परीक्षामा बस्न लगाएर कलेज पठाउने सोम शर्माको सपना मात्र हो ।

तर जे भए पनि सङ्घीयता आयो असफलताको श्रीपेच भिरेर । अब त्यसलाई कसैले रोक्नु भनेको मकरतन्त्रको परिणाम भोग्नु सरह हो । एक हप्ता पहिले ब्राह्मण क्षेत्री समाजको कुनै एकजना नेताले गर्जी गर्जी भाषण गरेको सुनेको थिएँ मैले – समूहगत हिसाबमा सबै भन्दा ठूलो समूह भएको हामीलाई पन्छाएर सङघीयतामा जाने हो भने हाम्रा लागि त्यो सैह्य हुने छैन । यो उद्घोष थियो टाउकामा रातो रङको टोपी लाएका ती आदिबासी खस क्षेत्री समाजका नेताको । आफू  भित्रको सामन्ती साँस्कृतिक चेतनाका कारण कोही कसैप्रति सहिष्णु छैन । अर्को जातिलाई आफ्नो राज्यबाट विस्थापित गर्ने घोषणा पनि टेलिभिजनका पर्दामा सुनिएकै हुन् पटक पटक । तर हाम्रो देशका एकजना पनि ठूला नेता यस्तो विनासकारी चेतना र ब्यवहारप्रति गम्भिर हुनसकेको पटक्कै देख्न पाइएन ।

हाम्रा नेताहरु कतिसम्म अज्ञानी रहेछन् भन्ने कुराको जिउँदो प्रमाण अघिल्लो हप्ता बसेको सम्बिधान सभाको बैठकमा देख्न र सुन्न पाइयो । राज्य पुनःसँरचना आयोग बनाउने कि विज्ञ समूह बनाउने भन्ने विषयको टुङ्गो लगाउन सकेनछन् प्रधानमन्त्री र मन्त्री भैसकेका ठूला नेताहरुले । नेपालमा अहिले बन्ने आयोग र विज्ञ समूहमा के त्यस्तो डरलाग्दो सैद्धान्तिक भेद देखे नेताहरुले अहिलेसम्म थाहा पाउन सकिएको छैन । आयोगमा पनि विज्ञता नभएका मान्छे ल्याएर भर्ने त होइन होला । अथवा विज्ञ समूहमा पनि पार्टीहरुकै केन्द्रीय कमिटीका अयोग्यतम् सदस्यलाई ल्याएर भर्ने पनि होइन होला । अनि आयोग भनौँ या विज्ञ समूह, त्यसैले सङ्घहरु गठन गरेर लागू गर्ने पनि होइन होला । सुकर्म भए पनि दुष्कर्म भए पनि सङ्घीयता निर्माणको अन्तिम निर्णय त यही सम्बिधान सभाले गर्ने होला ।

हाम्रा नेता तथा सङ्घवादी वुद्धिजीविले नेपालको सङ्घीय सङ्रचनाको नेतृत्वशैलीको कुरो कतै गरेका छैनन् । सङ्घीयतामा प्रान्त बलियो हुने कुरै हुँदैन । कि केन्द्र बलियो हुन्छ कि स्थानिय निकाय । नेपालको सङ्घीय सँरचनामा केन्द्र बलियो हुन्छ कि स्थानीय निकाय ? यसको जवाफ कोही दिनेवाला छैन । केन्द्र बलियो बनाउने हो भने त्यो सङ्घीय सँरचना महेन्द्रवादी हुन्छ । उनले पनि नेपाललाई १४ कित्तामा बाँडेकै थिए । अञ्चल पञ्चायत बनाएकै थिए । अञ्चल प्रशासक राखेकै थिए । होइन, स्थानीय निकायलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेर बलियो बनाउने निष्कर्ष निस्किने अवस्था आयो भने पाठकहरुले हेरिराख्नु होला – नेपालमा सङ्घीय सँरचना बनाउन एक जना नेता पनि तयार हुँदैनन् । चाहे ती जातिवादी हुन् चाहे भूगोलवादी ।

दुःखका साथ भन्नुपर्छ – अहिले सम्बिधान सभाको नेतृत्व गरिरहेका हाम्रा ठूला नेताहरुको चेतनामा श्री ३ महाराज जङ्गबहादुर राणा बसेका छन् । उनका बारेमा एउटा कथन छ – जङ्गेले बोलेपछि बोल्यो बोल्यो । आयोग र विज्ञ समूह निर्माण बीचको झगडा (यो कुनै बैचारिक विवाद होइन) त्यही जङ्गे चेतनाका प्रतिविम्ब हो ।

दुःखका साथ मैले पाठकहरुलाई सूचित गर्नुपर्छ – आयोग र विज्ञ समूहको लडाईँमा सम्बिधान सभालाई रिङाउने नेताहरु नेपालमा पूँजीवाद निर्माण गर्दै समाजवादी बाटोमा हिँड्न सक्दैनन् । तिनका लागि यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नै घाँडो भैसकेको छ । विद्रोहका लागि तयार हौँ भन्ने तागत छैन मसँग । तर नेताहरुको लहै लहैमा लाग्नबाट सबैले जोगिनु पर्छ र आफ्नै अध्ययन, आफ्नै विवेकको आधारमा आपूmले निर्णय लिन सक्ने आत्मविश्वास उमार्न सक्नु पर्छ । सामन्ती सङ्घीय गणतन्त्रले कहिल्यै पनि नेपाल राष्ट्रको हीत गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.