म्युनिखमा ल्होसार

 

नेपाल जनजाति समाज म्युनिखले नेपालीहरुको बिशेष पर्व ल्होसार बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ ।

सांस्कृतिक कार्यक्रममा नेपालको भेषभुषा र संस्कृति झल्किने खालका नृत्यहरु र गीतहरु प्रस्तुत गरिएको थियो । करीब एक सय २० जना नेपालीहरुको उपस्थीती रहेको सो कार्यक्रमको मुख्य आकर्षण चर्चित गाएक यश कुमारको प्रस्तुती रहेको थियो ।

युरोप भ्रमणमा रहेका गायक यश कुमारले आफ्ना पुराना र नयाँ गीतहरु प्रस्तुत गर्दा सम्पूर्ण दर्शकहरु तालमा ताल मिलाएर नाचेका थिए । करीब एक महिना अझै युरोपका अन्य देशका नेपाली दर्शकहरुलाई नचाउन म्युनिख आइपुगेका गाएकले युरोपका नेपाली दर्शक माझ गाउदा निकै आनन्द महसुश हुने बताए । यहाँका नेपालीहरुको खुबी नै गीतलाई सुन्ने धैर्य र त्यसलाई महसुस गर्न सक्ने क्षमता नै हो – उनले भने ।

संस्थाका अध्यक्ष जयन गुरुङको अध्यक्षता भएको सो कार्यक्रममा सेर्पा समाज हम्बर्गका महासचिब दावा शेर्पाले नेपाली भाषा र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रम ले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपालमा नयाँ बन्न लागेको संबिधानमा कुनै जात जातीलाई मात्र नभएर सबै जात, जाती र भाषा संस्कृतिलाई उत्तिकै महत्व दिनुपर्ने बताए ।

आदिवासी समाज अष्ट्रियाका सचिब बुद्धी तमाङले नेपाल र नेपालीको हितको लागि सबै जात जातिले हातेमालो गर्नु पर्ने बताए । जनजाती समाजका सल्लहकार सन्चमान जभेगुले जातिएताको आधारमा कसैलाई पनि भेद भाव गर्न नहुने बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष शेखराज सुनवार, तमु समाज हम्बर्गका अध्यक्ष बिजय गुरुङ लगायतका बक्ताहरुले पनि आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.