म काडमाडौंको इन्द्रचोकमा सन् १९६८ को नोभेम्वर महिनाको १८ तारिकका दिन जन्मिएको हुं । मैले आफ्नो प्राथमिक शिक्षा वसन्तपूरको स्कुलमा पाए भने एक कक्षा देखि १० कक्षा सम्म चाहिं ल्याब्रोटोरी स्कुल किर्तिपुरमा पढें । अमृत र्ईन्स क्याम्पसबाट आई एस. सी सकेपछि इलेक्ट्रोनिक्र्सर इन्जिनियरीङ पढ्नका लागि अमेरिका आए ।
मेरो परिवारमा राजनितिक प्रति चासो राख्नेको कुरा गर्दा म मेरो ठूलो मामालाई सम्झन्छु । मेरो मामा नेपाली कांग्रेससंग आवद्ध हुनुहुन्थ्यो । कांग्रेस पार्टीका नेताहरु गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद हाम्रो घरमा आउने जाने गरिरहनु हुन्थ्यो, वांहाहरुसंग भेटघाट भई रहन्थ्यो ।
थिईन, त्यस्तो मेरो संलग्नता केहि पनि थिएन ।
त्यस्तो पनि थिएन । मलाई त म पढ्छु र इन्जिनियरीङका क्षेत्रमा केहि काम गर्छु भन्ने लागेको थियो । पढ्दाका बेला मेरो रुचि भनेकै इन्जिनियरीङ थियो ।
त्यस बेला इलेक्ट्रोनिक्स सामान मेरो हातमा पर्नासाथ त्यसलाई खोलेर हेर्ने मेरो रहर हुन्थ्यो । ति सामान कसरी ‘फङसन’ गर्छन भन्ने बारे जान्ने जिज्ञासा रहन्थ्यो । मैले आफ्नो यस खाले अभिरुचिका कारण एस.एल.सी सकेपछि आई.एस.सी ज्वाईन गरे । त्यसवेला इन्जिनियरीङको अध्यनका लागि नेपालबाट इन्डीया, पाकिस्थान, र पश्चिमी मुलुक तर्फ जाने चलन थियो । मैले पनि आई.एस.सी पछि अमेरिकामा धेरै युनिभरसिटिमा ‘ट्राइ’ गरे । अमेरिकन युनिभरसिटि अफ टेक्नोलोजिले मलाई ‘अपरच्युनिटी’ दियो र म अमेरिका आईपुगे ।
इन्जिनियरीङको अध्ययन पछि तपाईले के कस्ता काम गर्नु भयो ?
इन्जिनियरीङको अध्ययन पुरा गरेपछि दश वर्ष सम्म मैले हाई टेक्नोलोजी कम्पनीमा काम गरे । मैले कामको सुरुवात ‘सफ्टवेयर कम्पनी ओरकाट’ बाट गरेको थिए, ओरिगनमा । त्यसपछि क्वालिटिर इन्स्योर इन्जीनियर भएर काम गर्दा खेरी अरु कम्पनीमा पनि काम गरे । सन् १९९८ मा एम.वि.ए सक्याए र त्यसपछि मार्केटिङ, सेल्स, भिजन डेभ्लप्मेन्ट म्यानेजर भएर काम गरे । यसपछि चाहि साथीहरुसंग मिलेर आफ्नै कम्पनी स्थापना गर्यौं सन् २००४ मा । हाम्रो कम्पनीको नाम हो फ्लास भेन्चर ।
मलाई राजनिती प्रतिको चासो लागेको भनेको ९० को दशकको सुरुका बेलातिर हो । ‘गल्फ वार’का बेला देखि हो । म नेपालबाट आएको अमेरिका भनेको सवैभन्दा ठूलो मानव अधिकार, प्रजातन्त्र र स्वतन्त्रताका मान्यतामा अघि बढ्ने राष्ट्र भएका कारण थियो र मेरो विश्वास पनि त्यहि हो । त्यसबेला भएको अमेरिकाको ‘इन्भल्वमेन्ट’ मलाई त्यति चित्त बुझेको थिएन त्यसकारण त्यसबेला देखि यहाको राजनितिमा मेरो अभिरुचि वढ्न पुगेको हो ।
ओरिगनमा रिपब्लीक पार्टिका पनि मेरा साथीहरु थिए । म यहांका पार्टीका बारेमा बुझिरहेको थिए । पार्टिहरुका प्रक्रियाहरु के कस्ता छन भन्ने पनि जानकारी बटुलीरहेको थिए । मैले डेमोक्रेटिक पार्टी ‘माईनेरियुटी’ (अल्पसंख्यक) समुदायका लागि बढि खुल्ला भएको जस्तो पाए । राज्यको लागि र जनताको लागि काम गर्ने रुपमा पनि डेमोक्रेटिक पार्टी अगाडि भएको पाएकोले म पनि यसै पार्टीमा आवद्ध भएको हुं ।
अमेरिकामा धेरै समुदायहरु छन् । यहा पनि ‘पभरटी’ छदैछ, आफ्नै स्थीति अनुसार । शिक्षा र वातावरणका मुद्दा पनि छन । नेपाल जस्तो देशवाट अमेरिकामा आउदा यहा पनि ‘पभरटी’ भनेको सुन्दा र बेरोजगारीको अवस्था देख्दा ‘एज अ हृ्युमनविस्’ म कसरी उनिहरुलाई ‘सपोर्ट’ गर्न सक्छु र उनिहरुको ‘भ्वाईस’ हुन सक्छु भन्ने जिज्ञासा ममा बढ्यो । त्यसैकारण मैले अमेरिकी निति निर्माताका तहमा उमेद्धवारी दिने निर्णय गरेको हु ।
उमेद्धवारीको निर्णय त गर्नु भयो , जितका लागि बलियो आधार केलाई देख्नु भएको छ ?
मेरो राजनितिको मेरुदन्ड भनेकै मैले काम गरिरहेको समुदाय र त्यस समुदायवाट गएको सुचना हो । मैले काम गरेको समुदाय प्रति मेरो विश्वास छ । समाजसेवाका क्षेत्रमा काग गर्दा सन् १९९६ तिर ओरिगनमा हामीले ‘नेपाली कम्युनिटी अफ ओरिगन’ स्थापना गरेर काम गर्यौ । चर्च र मन्दिरहरुमा पनि मैले काम गरे l सियाटलमा सरेपछि पनि मैले यहाको समुदायमा त्यस कामलाई निरन्तरता दिदै थप रुपमा यहांको स्थानिय राजनितिको क्षेत्रमा सहयोग पुर्याउदै आएको छु । यस क्षेत्रमा लगभग १० वर्ष मैले काम गरेको छु । त्यसकारण यस क्षेत्रमा म कसैका लागि अनभिज्ञ छुइन भन्ने मलाई लाग्छ ।
चुनावी प्रक्रिया कसरी जान्छ ?
वासिंङटनको कानुन अनुसार आर्को अगष्टमा ‘प्राईमरी’ हुन्छ । प्राईमरीमा जसले बढ्ता भोट पाउछ त्यस मध्येका २ जना उमेद्धवार ‘जेनेरलर इलेक्सन’ मा अगाडि वढ्छन । डेमोक्रेटिक पार्टी र अरुहरुले अर्को एप्रिल-मे तिर ‘इन्डोर्समेन्ट’ गर्छन । प्रमुख कुरा भनेको प्राईमरी हो, जसले यसमा वढि भोट पाउछन उनिहरु नै ‘जनरल इलेक्सन’ का लागि अगाडि बढ्छन । कंग्रेसक्यान ७ लाख जनताको प्रतिनिधि हुन्छन । गएको १० वर्षमा वासिंङटन राज्यमा जनसख्या बढेको छ । यस कारण अहिले देखिएको क्षेत्रमा भौगोलिक जोड-घटाउ हुन्छ । तर पनि मेरो क्षेत्रमा डेमोक्रीयाटको वाहुल्यता छ । जोड घटाउले केहि तलमाथि पारेपनि मैलिक भिन्नता ल्याउदैन भन्ने मलाई लाग्छ ।
हामीले गर्ने काम भनेको पार्टिको प्रतिनिधीको रुममा गर्ने काम नै हो । अमेरिका शिक्षाका क्षेत्रमा, आर्थिक क्षेत्रमा, वातावरणका सवालमा, स्वास्थ्यका विषयमा करिब २० वर्ष अगाडि सबैभन्दा अगाडि थियो । मेरो अमेरिका रोजाईको कारण पनि यहि थियो । अहिले ति कुराहरुमा हामी वासिंङटनको पोलिसीका कारण पछाडि परेका छौ जस्तो लाग्छ मलाई । त्यसैले म मेरो आउदो पुस्ताका वारेमा चिन्तित छु , उनिहरुको भविष्यको बारेमा चिन्तित छु । यसकारण त्यहि अव्वल दर्जामा अमेरिकालाई पुर्याउन सहयोग गर्न म यहाको राजनितिक क्षेत्रम उपस्थीत भएको छु । मलाई अमेरिका आउनका लागि , यहां अध्ययन गर्नका लागि र विश्वलाई बुझ्नका लागि अमेरिका र अमेरिकीले योगदान पुर्याएका छन र अब मेरो योगदान भनेको अमेरिकाको साँखलाई बचाउनका लागि, यसको भविष्य मजबुत बनाउनका लागि र अमेरिकाको आउदो पुस्ताको भविष्यको सुनीश्चीतता गर्नका लागि हुनु पर्छ भन्ने मेरो मान्यता हो ।
तपाईको उमेद्धवारीले नेपाली समुदायमा कस्तो प्रभाव पार्ला भन्ने तपाईलाई लागेको छ ?
मलाई लाग्छ मेरो उमेद्धवारीले हाम्रो नेपाली समुदायलाई पनि खुशी नै तुल्याएको छ । सुरक्षित र भरपर्दो भविष्यको चाहानामा हामी धेरै नेपाली अमेरिका आएर बसेका छौ । हाम्रो समुदाय अरु समुदायको तुलनामा धेरै पछि अमेरिका प्रवेश गरेका कारण यहांको निति निर्माताको तहमा हाम्रो समुदायवाट पुग्न सकिएको छैन । यहांको राजनितिमा हाम्रो प्रवेशले पक्कै पनि समुदायमा उत्साह ल्याउने छ र यस्ता खाले क्षेत्रमा हाम्रो समुदायले चासो राख्दछ भन्ने मलाई लाग्दछ ।
हाम्रो समुदाय बढ्ने क्रममा छ , हाम्रो पनि भ्वाईस वासिंङटन डिसीमा पुग्नु पर्छ । हाम्रा के कस्ता समस्याहरु छन त्यो हामी विच जानकारी हुनुपर्छ र त्यसलाई समाधानका लागि सरकारी क्षेत्रमा, निति निर्माताका विचमा पुर्याउनु पर्छ । मलाई लाग्छ हाम्रो समुदायले मलाई तिनै कुराको जानकारी दिनमा सहयोग पुर्याउने छ । समुदायवाट मैले गरेको अर्को आशा भनेको राष्ट्रिय रुपमा हाम्रो समुदायले मेरो उमेद्धवारीलाई सहयोग समर्थन गरिदिने हो भने त्यसको प्रभाव यहांका राजनैतिक पार्टीहरुमा पर्नेछ , त्यसवेला मेरो उमेद्धवारीलाई त्यस कुराले खासै प्रभाव पार्दैन तर अमेरिकामा नेपालीहरुको पनि ठुलो उपस्थीति छ उनिहरुको ‘भ्वाईस’ हुन्नु पर्छ भन्ने अवस्था भने सृजना हुन्छ । मेरै उमेद्धवारीको लागि चांहि हामी ‘भोलिन्टीयस’ बाट चल्नु भर्ने भएका कारण नेपाली मुलका अमेरिकी नागरिक र ‘ग्रीनकार्ड होल्डर’हरुले ‘डोनेसन’ गरिदिनु भयो भने हाम्रा चुनाबी गतिविधि वढाउन सहयोग पुग्ने थियो । मैले ‘सिटिजन र ‘ग्रीनकार्ड होल्डर’हरुको कुरा गर्नुको कारण यहां ‘डोनेसन’ लिन यि दुइ वर्गभित्रवाट मात्र स्वीकार गर्नु पर्ने कानुनी कारण हो ।








