मेरो अनुभवमा घुस रकम र बिशेष प्रहरी बिभाग

अध्यागमनका कर्मचारीले जस्तो चाह्यो त्यसरी मनोमानी ढंगले नक्कली नागरिकताबाट पासपोर्ट बनाउने देखि आवश्यक कागजात हुनेलाई पनि दु:ख दिन्छन र नहुनेलाई पनि पैसा लिएर उडाउने गर्दछन l रातो पासपोर्ट दुरुपयोग गर्नेलाई भगाउछन भने सोझा यात्रुलाई अनाबश्यक दुःख दिने गरेका घटनाहरु दिन प्रतिदिन बढ्दै छन l अन्य सरकारी कार्यालयहरु मालपोत, अन्तरिक राजस्ब कार्यालय, मूल्य अभिबृदि कर कार्यालय, भन्सार, उद्दोग सबैतिर घुस दिन पैसा चाहिन्छ l त्यसको लागि पैसा छैन भनेमा पनि यहाँहरुलाई पैसा दिन एउटा कार्यालय तयार छ l यस बारेमा मेरो एउटा अनुभब रहेको हुनाले सबैको जानकारीको लागि जानकारी होस भन्ने सोची आज प्रस्तुत गर्दै छु l

आज भन्दा १७ वर्ष अगाडीको कुरा हो म गाउबाट काठमाडौँ आई नेपाल कमर्श क्याम्पस मिनभवनमा बि.कम. अध्यन संगसंगै काठमाडौँ गैरीधारा स्थित केदार बान्तवा राई प्यासिफिक ट्रावल एंड टुर्स र ट्रेकिङ नेपालको लेखा अधिकृतको रुपमा कार्य गर्ने अवसर पाएको थिए l त्यहाँको कम्पनिको संचालक थपघट गर्ने सिलसिलामा मलाई कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेश्वरबाट शरेधानी थपघट गर्ने र शेयर नामसारी गर्ने कामको पनि जिम्मेबारी दिईएको थियो l म उक्त कामको लागि सम्पूर्ण कागजात तयारी गरि कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरमा निबेदन दर्ता गराई त्यस कार्यालयका भण्डारी थरका ना.सु. लाई केहि रकम दिई त्यो काम गरिदिन अनुरोध गरे l उनले म फायल हेर्छु, हाकिमसंग कुरा राक्छु भन्ने कुरा गर्दै गए l यस्तै कुरामा दिनहरु धेरै बिते l केहि पछि यो फायलमा अलिकति समस्या छ, धेरै कागजात नपुग छ त्यसले गर्दा हाकिमले रु ३००० बिना टुंग्याउन सकिन्न भन्नु भएको छ, तसर्थ पैसा थप गर्नुस भन्ने उत्तर दिए l अन्तत उक्त सिलसिलामा १ महिना सम्म धाउदा पनि त्यो कम्पनिको शेयर नामसारी लगत लिन असफल भए l

दिएको जिम्मेवारीमा असफल भएपछि मलाई आफु काम गर्ने ट्राभलको संचालकबाट पनि प्रश्न आउन थाल्यो “तिमीले १ महिना लगाएर पनि यति जाबो काम गराउन सक्दैनौ, सबै तिर म आफै जानु पर्ने भएमा अब तिमीलाई राख्नुको के मतलब भयो त ? ” प्रश्नहरु आउन थाल्यो l मैले पनि अब यसरि हुन्न के गर्ने होला जागिर जाने अवस्था आयो भन्ने सोची काठमाडौँका सी. डि.ओ. लाई कुरा राख्नु पर्ला भन्ने सोचे र काठमाडौँका सी.डि.ओ.कहा पुगी अलिकति मात्रै आफ्नो समस्या बताएको थिए तुरुन्तै यहाँबाट त केहि गर्न सकिदैन तल्लो तलामा जाउ र त्यहा फलानालाई भेट भन्ने l मैले सी.डि.ओ.ले भनेका मानिससंग भेट गरे l उनले पनि यो आफ्नो अधिकार क्षेत्रमा नपर्ने कारण यहाँबाट भन्न नमिल्ने र केहि भने पनि गर्दैनन कुरा बताए l उनले एउटा उपाय पनि बताइदिए – ” शिंह दरबार भित्र रहेको बिशेष प्रहरी बिभागमा जानु त्यहाँ जे जती रकम चाहिन्छ तिमीलाई दिन्छन अनि सो रकम लगेर त्यो पैसा माग्नेलाई दिनु आफ्नो काम गराउनु l ”

अब म खुशीहुदै सिंह दरबार तर्फ बढे किनकि यत्रो दिनमा काम गर्न नसकेर जागिर धरापमा परेको बेला ३००० मा काम गर्दिन्छु भनेको र ३००० दिने ठाउँ छ भनेर सुनेर म सिंहदरबार भित्रको बिशेष प्रहरी बिभागमा पुगे l त्यहा एक जना स्टाफलाई आफ्ना कुरा बताए पछि उनले मलाई भित्र हाकिमको अगाडी उपस्थित गराए l मैले आफ्ना कुराहरु हाकिमसंग राखे l मेरा कुराहरु सुने पछि मलाई एउटा फर्म दिईएको थियो जसमा के कामको लागि चाहिएको रकम कति , आफ्नो नाम थर हस्ताक्षर लगायत कुराहरु भर्नु परेको थियो l नोटहरुको नम्बरहरु फर्ममा लेखेर मलाई २७०० रकम दिईयो l उल्लेखित नम्बरका नोटहरु बुझीलिए र हस्ताक्षर गरी मेरो साथमा लगाइएको १०/१२ जनाको टोलि सहित कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेश्वर गइयो l

लगभग दिउँसोको २ बजे तिर रजिस्टर्डको कार्यालय पुगे पछि त्यस टोलिका सम्पूर्ण सदस्यहरु कार्यालय परिसरमा छरिएर रहे l टोलीका २ जनाले मलाई नियाली रहेका थिए भने टोलि नेता यता उता कसैलाई भेट्न आएको तर भेट नभएर खोजे जसरी बाहिर भित्र गर्ने र आफ्ना २ सदस्यहरुलाई नियाल्ने काम गरिरहेका थिए l म उक्त बिशेष प्रहरीको टोलि नेताको सल्लाह अनुसार उक्त घुस्याहा कर्मचारी सामु पुग्छु र निजलाई अभिबादन गर्दछु l ” सर ३००० त पुगेन २७०० मात्रै भयो के गरौ ” भनेको थिए “ल ल्याउनुस” भने l मैले बिशेष प्रहरी बिभागबाट प्राप्त सम्पूर्ण रकम उनलाई दिई अब कति समय लाग्छ भनेर सोधे l “२ घण्टा पछाडी आउनुस तयार गर्दिन्छु ” भनेर अर्को काममा ब्यस्त भए l मैले पूर्व योजना अनुसार मेरो पछाडी भिरेको झोला खोलि दिए l यो संकेत पाउने बित्तिकै बिशेष प्रहरी टोलि आई निजका दुवै हात टेबलमा थिची ” हामी बिशेष प्रहरीबाट ” भन्दा आफ्नो २७ बर्षीय ना सु पदको अन्त्य गरेको पत्ता पाएका थिए l बिशेष प्रहरीको टोलीले उक्त शाखाका हाकिमलाई बोलाएर “ल तपाइको स्टाफले यति-यतिका नोट घुस लिएको छ तपाइको हातले यो स्टाफको पकेटबाट निकाल्नुस ” भने l उनको गोजीबाट रकम निकालीयो l नोट रुजु गर्दा हुबहु मिले पछि उपस्थित सम्पूर्ण स्टाफ र बाहिरबाट देख्नेहरुलाई समेत साक्षी राखी उनलाई पक्राउ गरि लगियो l

पक्राउ गरेर लाने क्रममा बिशेष प्रहरीका प्रमुख, घुस लिने कर्मचारी र म संगै गाडीमा परियो l त्यसबेला उनीहरु २ जनाको कुराहरु सुन्दा एकै गाउँका रहेछन l ‘मलाई भन्नु पर्थ्यो नि’ भन्ने घुस लिने कर्मचारीको र ‘मलाई त्यत्रो पटक यता उता हिडेर हेल्लो-हाई गर्दै हिडेको देखे पछि तपाइले पनि अलिकति सतर्क रहनु पर्थ्यो नि’ भन्ने बिशेष प्रहरी टोलि प्रमुखको भनाइ रोचक थियो l

त्यसै दिन तत्कालिन कार्यबाहक रजिस्ट्रारले मेरो फायल हेरी सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएको कारणले गर्दा आफ्नो माग अनुसारको शेयर लगत लाग्न खबर गर्नु भयो l आईन्दा यस्तो नगर्न अनुरोध गर्दै कुनै समस्या भएमा आफु समक्ष ल्याउन सल्लाह पनि दिनु भयो l

घुस लिने कर्मचारीलाई २ दिन हनुमान ढोकाको कारागारमा राखी धरौटीमा छोडियो l छुटे लगत्तै आफ्नो २७ बर्षीय जागिरको बचाउको लागि मैले काम गर्ने अफिसको संचालकलाई समेत सहमत गराई मैले आबेगमा आई यस्तो गरेको हो वास्तबमा उनले त्यस्तो गरेको हैन भन्ने व्यहारको पत्र हुलाकबाट पठाई दिएमा रु ५ लाख दिने आस्वासन आयो l त्यसमा मैले बरु तपाइको जागिर चाहिन्न तर म मेरो निर्णयमा परिबर्तन गर्दिन, पैसामा म बिक्दीन भन्ने उत्तर दिए l यो योजना असफल भएपछि मलाई पटक पटक कहिले म ……..लोक सेबा आयोगबाट हो …..किन त्यो …… लाई यसो गरेको तुरुन्तै यो यो गर्नुस नत्र भन्ने कल आउथ्यो त कहिले अरु नामबाट l तर मैले कहिले पनि कसैसंग झुकिन बरु २ पटक त निजको पेसी पुनरावेदन अदालत पाटनमा गएर सत्य तथ्य भन्नु पर्दा “यो मानिस घुसखोर हो त्यसले मैले निजको बिरुद्ध यसरि कदम चलाएको हु ” भनि बयान दिएको थिए l

त्यस घटनासंगै मलाई पनि कानुन पढ्ने इच्छा भयो र मैले बि. एल. पढ्न सुरु गरे l कानुन पढेर अधिवक्ता पनि भए l कुनै न्यायधिशले पैसा खाएर फैसला नगरिदिएको भएमा पक्कै पनि अहिले सम्ममा त्यो घुस्खोरको मुद्दामा निजको हार भई २७ बर्षीय नोकरीको अन्त हुन्थ्यो l अन्य कर्मचारीहरुलाई पनि घुस सम्बन्धमा यस काण्डबाट शिक्षा हाँसिल होस र घुस दिन पैसा नहुनेहरुलाई पनि शिंहदरबार भित्र रहेको बिशेष प्रहरी बिभागमा सम्पर्क गरि आफुले चाहेजति रकम प्राप्त गरि घुसखोरको अन्त्य गर्न सफल हुनुहोस भन्ने सोची आफ्नो अनुभब प्रस्तुत गरेको हुँ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.