आउनु भो तपाईं कहाँ बाट
त्यो कसैलाई भन्नु भएन
जानु भो तपाईं कता कता
त्यो पनि कसैलाई बताउनु भएन
तर यस लोकमा आई
यो कस्तो खेल रचाउनु भो
सम्झी सम्झी तपाई लाई
धुरु धुरु रुवाउने बनाउनु भो हामी लाई l l l
मानब जीबनको अन्तिम प्रस्थान बिन्दु हो “ मृत्यु “ l जो सत्य छ, सास्वत छ अनि अपरिहार्य छ मृत्युको कुनै निश्चित अबधि, सिमा र आयु पनि हुदैन l मानब जीवनले नचाहेको, नसोचेको र नखोजेको पनि यहि मृत्यु नै हो l
हिन्दु धर्मले मृत्युको बारेमा भनेको छ – जातस्यही ध्रुबो: मृत्यु धुर्बम जन्म मृतस्यच: अर्थात् सबै जन्मेकाको मृत्यु र मरेकाको जन्म निस्चित्त छ l
गीतामा मृत्यु बारेमा – ब्बांससी जिर्न्नानी यथा बिहाय नान्यानी सन्यति नरोपरानी – अर्थात शरीर परिबर्तन लाई पुराना पात झरेर नया आउँन पर्खे झैं अझ पुराना बस्त्र बदलेर नया धारण गरे झैं भनेको छ l
बौद्ध धर्मले मृत्युको बारेमा भनेको छ – मृत्यु जीबनको अन्त्य होइन यो त केवल यो जीबनमा बास बस्ने त्यो शरीरको मात्र अन्त्य हो l
संसारका बिभिन्न धर्मले मृत्युको बारेमा आ-आफ्नो दृष्टिकोण राखेता पनी श्रस्टा र विचारक हरुले मृत्यु लाई अगम्य, उच्च,हितकर र अन्तिम गन्तब्य ठानेका छन l
बिश्वबिख्यात साहित्यकार विलियम शेक्सपियरले ‘एज यु लाइक इट’ मा लेखेका छन -
यो संसार एक रंग मंच हो
अनि सारा नर नारी केवल अभिनेता
तिनीहरुको प्रवेश हुन्छ र बहिर्गमन हुन्छ
प्रत्येकले अनेक भूमिका खेल्छन
उसले सात वटा आयुमा
आफ्नो अभिनय पुरा गर्दछ l
यही प्राकृतिक नियमलाई आत्मसात गर्दै हाम्रो पुज्यनीय ममतामयी माता शुभद्रा देवी श्रेष्ठको ७६ बर्षको उमेरमा गत सेप्तेम्बेर १४ तारेख का दिन बिहान ९ : ५९ बजे फ्रेमिन्ग्हम स्थित मेट्रो वेस्ट मेडिकल सेन्टरमा स्वर्गारहण हुनु भो l
माया र ममता , स्नेह र दयाको प्रतिमूर्ति हुनुहुन्थ्यो मुमा शुभद्रा देवी श्रेष्ठ्र सरल, सहज र मृदुभाषी व्यक्तित्वका धनि वहाँ साधारण जीबन यापन गरी उच्च विचार राख्नु हुने स्वाबलम्बी व्यक्तित्वका धनि हुनु हुन्थ्यो l
बि सं १९३६ साल बैसाख पुर्णिमाको दिन काठमान्डौको क्षेत्रपाटी टोलमा बुबा रत्न बहादुर र मुमा नानि मैया श्रेष्ठको कोख बाट जन्मनु भएको हो l मुमाको तेर्हथुम जिल्लाको म्यांग्लुंग बजार निबासी बुबा स्व. नारायण मान श्रेष्ठसंग २००८ सालमा बैबाहिक सम्बन्ध गाँसिएको हो l
काठमाण्डौं शहर जस्तो सुबिधा सम्पन्न ठाउँमा जन्मेर , हुर्केर पनि अति दुर्गम जिल्ला तेर्हथुममा थुप्रै बर्षहरु जील्लाको शैक्षिक , सामाजिक र सांस्कृतिक उत्थानको लागि हर पल बुबा नारायण मान श्रेष्ठलाई संधै साथ दिई नै रहनु भो र चार छोरा बसन्त, हेमन्त,शिसिर र सरद र छ छोरी हरु कुन्जिनी, सुजनी, रजनी, वर्षा ,झरना र एलना तथा नौ जना नाति र आठ जना नातिनीका धनि मुमा शुभद्रा देबी श्रेष्ठ हर पल र हर क्षण आफ्नो परिवारको उज्वल भविष्यको लागि सदैब प्रयत्नशील हुनुहुन्थ्यो l आफ्नो छोरीको अनुहारमा हाँसो र खुशी र दुई बर्षको नातिनिको अनुहारमा मधुर मुस्कान भीत्र आफ्ना अन्तिम दिन हरु बिताई रहने र सदैब रमाई रहने वहाँ आत्म-सन्तुष्टीको जीबन बाची रहनु भएको थियो l हाम्रो देश नेपाल भन्दा सात समुन्द्र पारिको यस अमेरिका देशको बोस्टन शहरमा आफ्ना दश जना छोरा र छोरी तथा एघार जना नाती नातिनी मुमाको अन्तिम दाह संस्कार कार्यक्रममा उपस्थित हुन् सक्नु मुमा एक धेरै भाग्यमानी व्यक्ति हुनुहुन्थ्यो भन्ने प्रमाणित हुन्छ l
बि सं २०३८ सालमा पाँचथर जील्लाको फिदिम बजारमा पूज्यनीय बुबा नारायण मान श्रेष्ठको निधन पश्चात सम्पूर्ण परिवारको रेख देख उचित निर्देशन माया प्यार र स्नेहमा कतै कमी कमजोरी र अभाब आज सम्म पनि कोही कसैलाई भएको हामी कसैलाई थाहा छैन l सदैब उचित सल्लाह , प्रेरणादायी सुझाव र ममतामयी माया हामी सबैलाई सदैब सहज प्राप्त थियो l हँसिलो – रसिलो र फरासिलो अनि सबैसंग मिलनसार व्यक्तित्व भएको मुमा सहश्र मायाको खानी हुनुहुन्थ्यो l इस्वी सन् १९९८ सालको अप्रिल महिनामा मेरो न्यु हम्प्सायर बिश्वबिद्यालयबाट मास्टर्स डिग्रीको दिक्षान्त समारोहमा भाग लिन आउनु भएको मुमाले नेपालको घरायसी ब्यबहार र परिवारको रेखदेख र यहाँ रहेको सबै परिवारको रेख देख र ब्यबहार साथ साथै निभाउदै आउनु भएको थियो l जीबनको ७६ बर्षको अधिकांश समय नेपालमा तेर्हथुम म्यांग्लुंग बजारमा काठमाडौँमा र अमेरिकाको न्यु योर्क र वाशिंगटन डी सी र बोस्टन शहरमा आफ्नो परिवारको साथमा शुखमय जीबन बिताई रहनु भएको थियो l मुमा सामाजिक र स्नेहालु र दयालु पनि हुनुहुन्थ्यो l नेपाली समुदायले मनाउने पर्ब र चाड अनि गरिने बिभिन्न सांस्कृतिक तथा अरु बिबिध कार्यक्रममा संधै सकृय सहभागी हुन मन पराउनु हुन्थ्यो l सन् १९९८ र १९९९ तिर बोस्टनको ग्रेटर बोस्टन नेपाली कम्युनिटीले आयोजना गरेको दशैं कार्यक्रममा होस् या सन् २००१ मा भर्जिनियाको “छिमेकी गाउँ” ले आयोजना गरेको दशैं कार्यक्रममा होस् कार्यक्रममा सहभागी सबैलाई टिका र जमरा लगाई दिनु भएर परदेशमा पनि आफ्नो देशको जस्तै चाड र पर्ब मनाउने अबसर सबै लाई प्रदान गर्नु भएको थियो l
मृत्यु एक हो तर प्रकार बिभिन्न हुन्छन l कुनै लामो पीडादायी , कुनै बिभत्स र कुनै असहज हुन्छन l तर मुमाको मृत्यु एक महान मृत्यु थियो l धेरै बिरलैले यस प्रकारको मृत्यु प्राप्त गर्न सक्छन l लामो र धेरै दिन बिरामी पर्नु भएको हामी कसैलाई थाहा छैन l बिरामी भएर अस्पताल भर्ना भएको एघार घन्टा भित्रै मृत्यु लाई सहज बरण गर्न सक्नु भएको थियो l मृत्युलाई सजिलै बरण गर्न सक्नु नै वहाँको महानता हो l त्यसैले मैले वहाँको मृत्युलाई महान मृत्युको संज्ञा दिएको हुँ l
यसरी जीबनको सबभन्दा प्रिय र सम्मानित व्यक्तित्व मुमाले बुबाको देहान्तको तीस बर्ष पछि हामीलाई छोडेर जानु भयो l साच्चै नै भन्ने हो भने हामी अब टुहुरा भएका छौं l हाम्रो जीबनको हर कोण र क्षणलाई मजबुत पार्ने एउटा आधार स्तम्भ ढलेको छ l तर हामी प्रत्येकको जीवनलाई ठोस संघर्षमय , प्रगतिशील र उत्पादनशील बनाई दिएर जानु भो त्यसको लागि हामी जीबन भर ऋणी रहिनै रहने छौं l जन्म दिने आमाको दूधको भारा त जीवनभर तिर्न सकिन्न भने मुमाले त जीबनको ७६ बर्षको सक्रिय जीबन हाम्रो शुख,शान्ति र समृद्धिमा नै दिन रात खर्चिनु भयो l त्यसको गुण त जन्म जन्मान्तर सम्म पनि हामी ऋणी रही नै रहने छौं l
जीबन भौतिक गुणले सम्पन्न क्षयशील पदार्थ हो l नाशवान र क्षयशील भएकै कारणले यसको महत्व छ l त्यसैले प्राप्त भएको जीवनलाई हरकोणबाट सार्थक, उदेश्यमुलक र सामाजिक हितको लागि खर्चन सक्नु नै हाम्रो जीबनको मूल उद्देश्य हो र हुनु पनि पर्छ l मुमाले दिनु भएको यही शिक्षा नै जीबनको सार-तत्व हो l
मृत्यु अबश्यम्भाबी छ l तर आत्मसात गर्नु र स्वीकार गर्नु बेहद कठिनको कुरा हो l हामी यस क्षण आमाको माया र ममता र स्नेहबाट बन्चित बनेका छौं l तर मुमाले दिनु भएको शिक्षा र जीबनको लागि उपलब्ध उपदेश र निर्देशन हरुले हाम्रो र हामी सबैको भबिष्यकोलागि जीबन सरल र सफल बन्नेछ भन्ने हाम्रो द्दढ आकांक्षा छ l हामी मुमाको अप्राप्त र चिन्तन राख्नु भएको हर ईच्छा, आकांक्षा र अठोटलाई पूरा गर्दै जाने संकल्प पनि गर्दछौं l हाम्रो ममतामयी जननी मुमा शुभद्रा देबी श्रेष्ठको दिबंगत आत्माको चिर शान्तिको कामना गर्दछु l
अस्तु l
बसन्त श्रेष्ठ
भर्जिनिया , अमेरिका









Basant jyu lai mero sambedana chha.Dibnggat ama prati yesto aatmiye abhari prakat garne tapain mahan chhora hunuhunchha. Amaa ko asirbad sada lagos ani tpaain ko jindagima naam anusaar ko ‘basant’ sadaa chhaos.