माटो

 


सेताम्मै फुलेको दाह्री जुँगा अनि काने टोपी भित्रवाट अनियन्त्रित अस्तव्यस्त भै बाहिरि संसार चिहाइ रहेका उसका लामा लामा उबडखाबड सेता फुस्रा कपाल भएको त्यो अपरिचित मानिसको गाउलेहरुले नामाकरण गरिदिएका छन बहुला l

त्यो बहुला केहिदिन देखि बर्षौ अगाडी परदेशमा गएको किरणको जमिनमा पराल, ढोड र बासका भाटा जम्मा गरि राखेको छ l सायद झुप्री बनाएर बस्न खोजेको होला भनेर अनुमान गर्न गाउलेहरुलाइ गार्हो पर्ने कुरो भएन l कहिल्यै न देखेको त्यो बहुलाले अर्काको जमिनमा झुप्री बनाउन लागेको देखेर गाउलेहरु रनभुल्लमा परेका छन l जम्मा हुन्छन हेर्छन फर्कन्छन l गाउमा अहिले त्यो बहुलाको चर्चा सुरु भएको छ l

कोइ भन्छन – होला कोइ बहुला, कतैवाट आएको त्यो सित के बोल्नु के खोजिनिती गर्नु ?

अर्को ले भन्यो होइन हाम्रा बन्धु परदेशमा छन केहि बर्ष पछी स्वदेश फर्केर आइ तपाइँहरु संगै बसी समाज सेवा गरेर यहि माटोमा मर्छु भन्थे गत बर्ष आएको बेलामा ! उनको जमिन मा कसैलाई अतिक्रमण गर्न दिनु त भएन नि ?

फेरी अर्कोले थप्यो के को टाउको दुखाउनु हो हामि दाजु भाइहरु ? उसले हामिलाइ जिम्मा दिएर त गएको छैन नि, उतै भास्सिएको छ उसका सन्तान बोकेर l उसले हामी गाउलेहरुलाइ कहिले वास्ता गरेको छ र ? पोहोर साल पनि आएको थियो रे खोइ त गाउमा आएन हामी लाइ के छ दाजु भाइ हो दुख सुख भनेर सोध्न एक पटक आएको होइन त त्यो ?…त्यो ..हामिवाट टाढा भै सक्यो ..त्यस लाइ न हामि चाहिन्छ न यो जमिन …. भएको अरु जमिन त बेची सक्यो रे ? उतै कमाएर उतै मस्ती गरि रहेछ उ l त्यो त्यतै मर्छ अब …..उसको लागि हामि किन यहाँ अरुसित त्यो पनि यस्तो डरलाग्दो बहुला सित दुस्मनी मोल्नु ? आफ्नो सोझो बाटो न हिडेर कि कसो भैरे ?

त्यसो भनेर हुन्छ ? विदेश गयो भन्दैमा उसले बिर्स्यो भन्दैमा हामीले हाम्रो कर्तब्य त बिर्सनु भएन नि l गयो त गयो, रहर ले गयो कि बाध्यताले गयो उसको कुरो हो l सके हामि पनि त जान्थ्यौ क्यारे न सकेर न मिलेर नै गाउमा बसेका होइन र ? कुनै दिन फर्केर आउला नआउला त्यो अर्कै कुरो तर हामि दाजु भाइले उसको सम्पतिको संरक्षण गरि दिनु पर्छ l हामीले नगरिदिए कसले गरिदिन्छ ? उसका अरु दाजु भाइ त छैनन l फेरी किरणले हामि कसैलाइ दुख दिएको, ठगेको, हानि नोक्सानी गरेको , चित्त दुख्ने काम गरेको पनि थिएन l आफ्नो सोझो र इमान्दारीको आर्जनले उसको सपना पुरा नहुने देख्यो, सन्तानलाइ यो दुखको भुमरीवाट निकाल्यो त राम्रै गर्यो l दुख पाउदा खिसिट्युरी गर्ने पनि त हामी नै छौ नि ….? हामीले त खुसि नै मान्नु पर्छ l हाम्रो कुनै बन्धु विदेश मागएको छ कुनै दिन काम आउन पनि त सक्छ l म अरु कुरो जान्दिन किरणले धेरै पटक भनेको छ मर्न त म मेरै माटोमा आउछु l केहि जिम्मेवारी बाकि छ त्यो खत्तम हुने बित्तिकै फर्केर आउछु l मलाइ यो चौतारोमा बसेर तिमीहरु सित गफ गर्ने धोखो छ l सुख दुख ,जन्ती मलामीमा सहभागी हुने मनमा इच्छा छ भनेको हिजै जस्तो लाग्छ l आज यो बहुलाले अलिकति जमिन मिच्ला भोलि अर्को आउला हामीले हेरेर बसी रहने ? अगाडी हुदा मात्रै लोलोपोतो घस्ने नजिक हुन खोज्ने ? टाढा भएको बेलामा पनि त हामी ले आफ्नो जिम्मेवारी बुझ्नु पर्यो नि ? भोलि कुनै दिन किरण फर्केर आउदा मेरो त्यति पुर्ख्यौली माटो को सुरक्षा पनि गरि दिएनौ दाजु भाइ हो !भन्यो भने के जवाफ दिने ?

हा आ ….के टाउको दुखाइ रहेको भन्या अर्काको जग्गाको बिषयमा, कसैले खाओस कि राखोस जो सुकै बसोस के मतलब हामिलाइ बित्थामा ? तिमीसंग उसको फोन नम्बर छ नै क्यारे भनि देउन तेरो जग्गामा एउटा बहुलाले झुप्री बनाएर डेरा जमाउदै छ हटाउने भए त आफै आइजो भनेर ! सम्पतिको माया भए खुरुक्क आउछ नभए आउदैन … l

कृष्णले बिचैमामा कुरो काट्यो …. धत् त्यसो भन्न मिल्छ र भन्या ?आखिर उ आए पनि यो बहुला लाइ हटाउन हाम्रो सहयोग न भै हुन्न अनि त्यति कामको लागि उसलाई बोलाएर दु:ख किन दिनु भन्या ? तिमीहरुले बिर्स्यौ ? किरण यहाँ हुदा हामिलाइ कति सहयोग गर्थ्यो ….सम्झना गर त ! दाजु भाइको नाताले यो जग्गा को सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो l सब मिलेर यो बहुला लाइ लखेटी दिनु पर्छ आजै ……l

कुरो त्यति मात्र होइन हामिलाइ किरणसित भलै लिनु दिनु छैन, उसको सम्पत्तिमा जो सुकैले जे सुकै गरोस मतलब छैन रे l ल त्यो त मैले माने तर गाउको माझमा जो पायो त्यहि अनि यस्तो बहुलालाइ डेरा जमाएर बस्न दिनु भएन नि l को हो यो ? कतै वाट भागेर आएको अपराधी हो कि के हो ? हाम्रा चेलीबेटी केटाकेटीलाई रात, साझ बिहान एक्लै हिड्न पनि त गार्हो हुन्छ नि ? हेर त कस्तो डर लाग्दो देखिन्छ दिउसै तर्साउने जस्तो ….कोइ साधु सन्त भए पनि लौ त होस भन्नु यो बहुला लाइ त लखेट्नु नै पर्छ l

हो हो लखेट्नु पर्छ l सबै गाउलेले एक मतमा समर्थन जनाए l

ल जाउ अब अरु दाजु भाइलाइ पनि बोलाएर लेराउ l यो बहुला सित हतियार पनि हुन सक्छ l हामि दुइ चार जना लाइ मात्र यो बहुला ले जे पनि गर्न सक्छ, खतरा हुन्छ …… जाउ जाउ लठ्ठी भाटा कोदालोको बिड जे छ लिएर आऊ अनि भगाउ यो बहुला लाइ .. ल ल जाउ जाउ …भन्दै गाउलेहरु घर तिर लागे l

गाउले हरुको त्यो सम्बादलाइ सुनेको नसुन्यै गरेर अफ्नो काममा व्यस्त छ बहुला मानिस ..देखे पनि न देखेको झैँ गरेको थियो l ढुक्कले घाम छाया बर्षात छेक्ने झुप्री बनाउने प्रयासमा छ l हातैले सकी न सकी खाल्डो खनेर बासको भाटा ठड्याएर संकलित परालको छानो र ढोडको बार लगाउने गर्दैछ l तर अब बहुलालाइ मन मनै त्रास लाग्न थाल्यो कतै गाउलेहरुले सुतेको बेलामा आएर एक्कासि ढुंगामुढा लाठीमुंग्री गर्ने त होइनन l केहि बोल्ने मौका नै न दिएर घाइते बनाउने हुन कि ! साझ झमक्क भयो l त्यो साझ कोइ पनि आएनन बहुलालाइ लखेट्न l दिनभरि को यता र उता पराल भाटा ढोड संकलन अनि झुप्री बनाउने काम ले बहुला पनि सुस्ताई सकेको थियो l उसले लगएको थोत्रो लामोकोटवाट केहि टुक्रा पाउरोटी निकाल्यो र सुख्खै खान थाल्यो l कुन बेला आउने हुन लखेट्न भन्ने त्रास मन मै राखी उ पल्टियो l माघको कठांग्रिने चिसोमा एउटा लगाएको लामो कोट र प्वाल प्वाल परेको छोटो कम्बलले उ रात बिताउने गर्थ्यो l निदाउने कोसिस गर्थ्यो के सफल हुन्थ्यो र ? उसले आफ्नो निन्द्रा भोक र सुख र खुसि त टाढा टाढा पुर्याई सकेको थियो l बहुलासित थियो त उसको मुटुको ढुक् ढुकी उसको निरासा र जीवनका बाकि दिन गन्तिहरु ……….हास्न खोज्ने उसको रहरहरु माथि कसैको आखा लागेको थियो l उसको उत्साही कदमहरुमा निषेधाज्ञा को जन्जिर ले बाधिएको थियो l

बहुलाले धेरै खेति गरेको थियो कुनै खेतीमा सिस्नु र गन्हाउने झार मात्र उम्रियो कोइ खेतीमा डढेलो लाग्यो मात्र बहुला मुस्किलले बाचेको थियो l उसलाई बाच्नु थियो किन कि उ आफु हारे पनि अरु जितेको हेरेर रमाउन जान्दथ्यो l

मिर्मिरे बिहान हुनै लाग्दा मात्र बहुलाको आखामा निन्द्रा बास बस्न आएको मात्र के थियो उसको कानमा हल्ला खल्ला गुन्ज्यो l बहुला आत्तिएर ब्यूझियो l झुप्री भित्रैवाट चिहाएर हेर्यो l गाउलेहरु कोइ हात मा खुर्पा ,कोइ हातमा कोदालो अनि कोइ हातमा ढुङ्गा लिएर झुप्री घेरेर वरिपरी उसलाई बोलाउदै रहेछन l बहुला बिचलित भएन गाउलेहरुले दिएको चोट पनि सहने दृढ साहस बटुलेर चुपचाप कम्बलमा मुन्टो लुकाउने प्रयास के गर्दै थियो कसैले पछाडीवाट उसले ओढेको कम्बल खोसेर हुत्याइ दियो l

बहुलाले आफुले लगाएको लामो कोटले मुख छोप्यो र घुडाँमा अड्यायो l

भिड वाट कसैको आवाज आयो ए बहुला त् हाम्रो गाऊ छोडेर जान्छस कि कुटेर लखेटौ ?

अर्को बोल्यो होइन होइन कुटपिट नगर यो बहुलालाइ, कतै ठहरै पर्यो भने ? कति दिन को भोको होला उ आफै मर्ने बेलामा किन आपद बोक्नु l म त भन्छु जलाई दिउ यसको झुप्री सुप्रि अनि आफै भागि हाल्छ नि बस्ने ठाउ न पाए पछी …होइन भने प्रहरी बोलाएर जिम्मा लगाई दिउ कुटपिट नगरौ है !

बहुला मुख लुकाएर चुपचाप गाउलेहरुको सम्बाद सुनी रहेको थियो l त्यहाँ जम्मा भएका स्वरहरु बहुलाका लागि नयाँ थिएनन प्राय सबै स्वर उसको लागि चिरपरिचित नै थिए l बहुला एक छिन ति आवाजहरुको अतित सित तरंगिन पुग्छ l यी खरा रुखा आवाजहरु त्यहि थिए जुन कुनै दिन आदरणीय शब्दमा बोलाउथे l हिजो उसलाई आदर र सम्मान नगर्ने कुनै आवाज त्यहाँ थिएनन l समयको रुप संगै मानिसले आफ्नो ब्यबहार बदल्छ जुन स्वभाबिकै थियो l बहुलालाइ झुप्री जलाई देलान भन्ने पनि चिन्ता थिएन, लखेटिनुपर्नेमा पनि चिन्ता थिएन – चिन्ता थियो त कतै ढुंगामुढा गरेर घाइते अपांग बनाइदिने पो हुन कि भन्ने l उसको बाच्ने रहर मा कुनै उदेश्य र आकांक्षा भने थिएन तर उ यो दुनियाको बदलिएको रुप हेर्न चाहन्थ्यो, भोग्न चाहन्थ्यो सुन्न चाहन्थ्यो – जिउदो रहनुको इच्छा त्यति मात्र थियो l जीवनको उतार चढावलाइ गहिरोसित भोगेको त्यो बहुला एउटा अध्यारो कुनाबाट संसार नियाली रहने पक्षमा थियो ताकी उसले सबैलाइ देखोस चिनोस अरुले उसलाई देख्न चिन्न नसकुन त्यसैले त उ बस्ति नजिक पुगेको थियो – आफुले चिनेको बस्ति भोगेको बस्ति ………न भन्दै आज न गाउलेले चिन्न सके न माटोले नै चिन्न सक्यो ……माघको सिरेटोमा बौलाहा लुग लुग कामि रहेको थियो l

भिडवाट आवाज आयो – होइन के तमासा हेरेर बसेको भन्या दाजु भाइ हो ! लघारौं न हो यसलाई यहाँवाट छिटो …काममा जानु पर्दैन कि क्याहो ? हामि यो बहुलालाइ कुर्न आएको कि लघार्न ? गाउको मुखियाका कान्छो छोरोले त्यति के भनेका थिए अर्कोले सुरु गरि हाल्यो – ए बहुला ल अब तँ यो जग्गा र गाउ छोडेर तुरुन्तै भाग्छस कि तेरो टाउकोमा लठ्ठी बजारौ ? हान हान त्यसको ढाड फुस्किने गरि …..तर तर मर्न चाही न मरोस नि है फेरी हामि सबैले दुख पाउनु पर्छ l रामेले न भन्दै बहुलाको ढाडमा एक लात्ती बजार्यो l बहुलाले चू सम्म पनि गरेंन ….बरु अझै मुन्टो लुकाएर दुइ हात जोड्यो l

ए बहुला उठ्दैनस अझ त् ? किन मुख लुकाउछस ? जुरुक्क उठेर बाटो लाग्छस कि भकुरु तलाई अरु लात का लात ? बहुला अझै धैर्य गरेर बसेको छ l दुइ हात जोडेको जोड्यै छ l गाउलेहरु पनि छक्क पर्छन होइन यो बहुला हो कि सध्य हो ? झम्टन आउला, कुट्ला, जथाभावी बोल्ला भन्ने गाउलेहरुको अनुमान बिपरित बहुला त शान्त सहनसिल ? न बोल्छ नै l उल्टो मुख लुकाएर पो बस्छ भन्दैथिए राम जी अर्कोतिरबाट उनको छोराले एक लात्ती फेरी हान्यो ….ए उठ भन्या बहुला छिटो भाग हाम्रो गाउवाट ,,,जा जंगलतिर कतै यो मानिसको सभ्य समाजको बिचमा तेरो लागि ठाउ छैन भाग छिटो भाग ….हामिलाइ धेरै रिस नउठा, मर्छस नि फेरी …?उठ भन्या उठ छिटो – किन टेर्दैनस ह त हामिलाइ… उठ उठ ….भन्दै उसको ढाडमा लौरोले घोच्न थाले l

भएन हो यो बहुलाले निक्कै अटेरी गर्यो, आओ सबै अब यसलाइ कि पुलिस चौकीमा पुर्याइ दिउ कि तल खोलामा लगेर फ्याकिदिउ l आ आ न रहे बास न बजे बासुरी यसले पनि मुक्ति पाउछ हामीलाइ पनि आनन्द को छ र यसको खोजनीति गर्ने ? भएनी के र यो बहुलावाट आजित भएर त खोजतलास न गरेका होलान नि कि कसो ए दाजु भाइ हो ? कि त्यो पर को बरको रुखमा लगेर डोरीले बाधेर आऊ l दुइ चार दिन खान नपाए पछी आफै मर्छ टन्टै साफ ……लौ आओ आओ जे गर्ने हो छिट्टै गरौ ..

त्यतिकैमा काईलाले कठालोमा समातेर बहुलालाइ घिसार्न सुरु गरे l केहि गज सम्म घिसारेका के थिए एउटा कारुणिक आवाजमा अनुनय बिनय भरिएको रुन्चे स्वर निस्कियो ….म बहुला होइन बिधाता म बहुला होइन दाजु भाइ हो, मलाइ यसरि निर्मम तरिकाले नमार l म यहि बस्न आएको हु मलाइ यहि बस्न देओ l मलाइ यहि माटोमा मर्न देओ l हात जोड्छु बिन्ति गर्छु …..म तपाईहरु लाइ कुनै हानि नोक्सानी पुर्याउदीन मलाइ छोडी दिनुस ..मलाई छोडी दिनुस …..के भनेको थियो l ए पख पख काईला, एकछिन पख, यो आवाज त हाम्रो चिरपरिचित मान्छेको जस्तो पो लाग्यो मलाई ! पख पख पख अनुहार त हेरौ कम से कम को रहेछ यो मान्छे …..? स्वर चिने जानेको जस्तो छ l

कति महिना देखि नधोएको अनि धुलो ले कटकटीएको अनुहार चिन्न एक छिन त सबै लइ मुस्किल पर्यो l राम प्रसादले बहुलाको मुन्टो समातेर आफु तिर फर्काए…. नियालेर हेरे आशु भरिएको बहुलाको आखा र दात देख्ने बित्तिकै राम प्रसादलाइ आफुले टेकेको जमिन भास्सिएको जस्तो लाग्यो …..उनको मुखवाट बाक्य नै निस्केंन यति मात्र भन्न सके तिमी …..ति ……तिमी …..उनि थुचुक्क बसे l

गाउलेहरु आश्चर्यमा परे l कोइ बहुलाको मुख नियाल्न थाले कोइ राम प्रसादलाइ ए दाइ के भो के भो ? को हो यो बहुला भन्न थाले ……….भैरे को पनि आखा तिर्मिर्यायो होइन यो के देख्दै छु म ? ए भगवान यो सपना हो क बिपना ? ए दाजु भाइ हो ! कोइ भन्न थाले तिमी …….. तिमी पो ? कोइ भन्न थाले हजुर …… हजुर पो ! हेर हेर के गरेको यस्तो ? किन गरेको ? के भयो ? किन हामिलाइ तिमीले पापको मुखमा लैजान खोजेको ? धन्न बाँचियो ठुलो अपराध हुनबाट … के रुप धारण गरेको तिमीले यस्तो ? यहाँ आएर तिमी कतिन्जेल तिम्रो परिचय लुकाउन सक्छु भन्ठानेका थियौ …..हामि दाजु भाइ मरेका छौ र तिम्रो लागि ? अझै जिउदै छौ जिउदै तिमीले हाम्रो बिचमा यो रुप गरेर बस्नु पर्छ ? राम ..भैरे …कृष्ण लाले कसैले पनि आखामा आशु रोक्न सकेनन तरर झर्न थाल्यो .. ..गाउमा हल्ला खल्ला फैलियो लौ फलानो त …..गाउलेहरु ग्वार ग्वार्ती आएर बहुलालाइ घेरे ……कोइ हरे शिब के दिन देख्नु पर्यो यो भन्थे त कोइ अझै बिस्वास गर्न नसकेर हो र भन्या लौन राम्रो सित हेर भन्थे ….

राम प्रसादले मन थाम्न सकेनन मेरो भाइ किन तिमीले यस्तो रुप धारण गर्यौ ? के पर्यो त्यस्तो ? धत्तेरिका के रुप बनायौ यस्तो ? किन बर्बाद पार्यौ आफुले आफैलाइ ? भाइ भन किन यस्तो रुप धारण गर्यौ ? के नपुग्दो छ तिमी लाइ ? गरिब दिन दुखिलाइ देख्ने बित्तिकै सहयोग गर्ने तिमीले आफै यस्तो रुप बनायौ ? बहुला पिलपिलाउदो अनुहार लिएर चुपचाप थियो अझै …जा जा कृष्ण एक गिलास तातो दुध र त्यो अस्ति लेराएको नया कम्बल लिएर आइजो छिटो राम प्रसादले छोरो लाइ अह्राए l

बाहुलाले हात जोड्दै हातैले इशारा गर्यो पर्दैन भनेर l पर्दैन भनेर हुन्छ हाम्रो अगाडी तिमी लुगुलुगु कामेर बसेको देख्न् सक्छौ हामि ? हामि छदा छदै तिमीले झुप्रिमा बस्नु पर्छ र हाम्रो घर मा हिड अब …. ए भाइ हामि ले त तिमीलाइ के के बनेको देख्न पो चाहेका छौ त तिमी त यो गाँउको गहना हौ गहना l तिमीलाइ त हामिले गाउका छोरा नाति नातिनालाइ बताएर उदाहरण को पात्र पो बनाएका छौ त ! यो के गर्यौ तिमीले l कम से कम एक पटक ए दाजु भाइ हो मलाइ यस्तो पर्यो के गर्ने भन्नु पर्दैनथ्यो ? तिमीले हाम्रो अगाडी यस्तो बहुला रुप बनाएर हिड्न पाउदैनौ l

हामी दाजुभाइ त्यति बैगुनी त छैनौ नि भाइ, तिमीले हिजो लगाएको गुण बिर्सेर तिम्रो दुख देखेको नदेख्यै गर्ने ..तिम्रो यस्तो हालतलाइ तमासा बनाएर हेरेर बस्ने l तिमीलाइ भन्दा बढी पीडा भयो मलाइ भाइ तिम्रो हालत देखेर ….अनुमान समेत गर्न नसकिने यो कस्तो बिचित्र केहि त बोल भाइ केहि त बोल किन यस्तो हालत बनायौ ? के भयो ?

अरुलाइ विजय गराउछु भन्दा भन्दै म आफै भने थाके, म हारे आफै सित l भगवानले मलाइ यस्तै बुद्धि दिए कसैको दोष छैन दाइ l बर्ष दिन भयो घर परिवार छोडेर हिडेको …खोइ दाइ दुख लाइ छल्छु भनेर जिन्दगि देखि निक्कै भागे उल्टो दुख बाहेक सुखको बिहानी कहिल्यै आएन l कति भाग्नु कहाँ सम्म भाग्नु आराम गर्ने छहारी भएको चौतारी भेटिन र मलाइ पुरानै धुलो माटोसित खेल्ने रहर लाग्यो …आखिर यो संसारमा कति छन कति म जस्ता घर-बार बिहिन थोडै म एक्लो त छु र राम दाइ ?

के भनेको त्यस्तो भाइ तिमीले ? यस्तो सिल्ली कुरा नगर, तिमि जस्तो संघर्षसिल उर्जा भएको मानिसले त्यस्तो भन्न मिल्दैन l म मेरो छोरालाइ हमेसा तिमी जस्तो बन्नु पर्छ भनेर भन्ने गर्थे अब ….अब उफ के भनौ म उसलाई ? यसरि हरेस खाएर जिन्दगिलाइ खरानी नबनाउ, ल खुरुक्क हिड मेरो घर l

नाइँ दाइ नाइँ मलाइ यहि माटोमा मर्ने रहर छ मेरो लास यहीबाट उठाएर लगी दिनु होला l

ल ल मर्ने बेलामा यहि लेराइ दिउला अहिले हिड ,,,,धेरै गर्नु छ तिमीले, मलाइ तिम्रो साथ चाहिन्छ …यो माटोमा धेरै फुल फुलाउनु पर्छ अझै ….तिमीलाइ के नपुग्दो छ र …ल ल उठाउ केटा हो यिनलाई राम भैरे हरि भएर बहुलालाइ काँधको सहारा दिएर रामको घर तिर डोर्याउछन् l त्यो बहुला अरु कोइ नभएर केहि बर्ष अगाडी देखि घर परिवारको ब्यबहार देखि बिरक्तिएर घर छोडी अमेरिकामा हराई रहेको र झुप्री बनाइ रहेको जग्गाको एक्लो मालिक थियो l आफ्नै माटोमा अन्तिम स्वास लिनछु भनेर पुगेको किरण थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.