काठमाडौं, फागुन ७ (एनयमक्याफे) नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी शान्ति विरोधी भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष खनालले आजसम्म भएका सहमती कार्यान्वयन नगरेर माओवादीले आफैलाई शान्ति विरोध भएको पुष्टि गरेको बताउनुभयो । खनालले भन्नुभयो ‘शान्ति प्रकृया पूरा गर्ने आधा भाग माओवादीकै भए पनि त्यसका लागि ऊ गम्भीर भएको छैन। अध्यक्ष खनालले सातबुँदे सहमती कार्यानवयनको विकल्प नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्न माओवादी गम्भीर हुनु पर्ने बताउनुभयो । सेना सवैका लागि प्रतिष्ठित संस्था भएपनि त्यसमा माओवादीले राजनीति गर्न खोजेको खनालको भनाई छ । यसले द्धन्द अझ बढाउने खनालले बताउनुभयो । सेनालाई सम्मान गर्न र विवादरहित संस्था बनाउन सके मात्र शान्ति प्रकृया सहि ढंगले अघि बढ्ने अध्यक्ष खनालको भनाई छ ।
सम्बन्धित समाचार







