प्रजातन्त्र दिवस मनाउने क्रममा भंगता, विदेशमा रहेका दुतावासमा अन्यौल

काठमाडौँ,फाल्गुन ७ (एनयमक्याफे) क्रमभंगताका नारामा राम्रा नराम्रा दुवै खाले परम्परालाई परिवर्तन गर्न खोज्ने माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने क्रममा पनि भंगता भएको छ l राणा शासन विरुद्दको आन्दोलनले २००७ सालमा पाएको उपलब्धिको स्मरणमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक अघोषित तवरले मनाइएन । स्रोतका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकिएको हो । प्रजातन्त्र दिवस नमनाएकोमा माओवादी बाहेकका दलहरुले विरोध जनाएका छन l

प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा भने दिइएको छ l यस अवसरमा ४५७ जना कैदीलाई आम माफी पनि दिइएको छ l सार्वजनिक विदा दिने, कैदीलाई आम माफी दिने जस्ता कम गर्न मिल्ने तर शुभकामना दिन नमिल्ने, सहिदहरुको सालिकमा माल्यार्पण गर्न नमिल्ने, अन्तरक्रियात्मक कार्यक्रमहरु गर्न नमिल्लने बाध्यता प्रधानमन्त्रीमा के थियो भन्ने वारे खुल्न सकेको छैन l

फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाउने क्रममा जहानिया राणा शासन विरुद्दको आन्दोलनका शहिदहरुको सम्झनामा बनाइएको सहिदगेटमा गइ सहिदहरुको सालिकमा माल्यार्पण गर्ने चलन रही आएको थियो l प्रधानमन्त्री बाबुराम भट्टराई क्रान्तिको प्रतीक मानिने सहिदगेट पनि गएनन । प्रजातन्त्र दिवस मनाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा गृह सचिव सदस्यसचिव रहने गरि प्रजातन्त्र दिवस मूल समारोह समिति गठन तयारी गरिन्थ्यो र टुँडिखेलमा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष कार्यक्रम सम्पन्न गरिन्थ्यो l देश भर बिभिन्न कार्यक्रमका साथ सहिदलाइ सम्झने काम हुन्थ्यो l

प्रजातन्त्र दिवस कार्यक्रममा उपस्थिति हुन समय निकालेर बसेका राजनैतिक पार्टीका नेताहरु, उच्चपदस्थ कर्मचारीहरु, विदेशी कुटनीतिक नियोकका प्रमुखहरु लगायतकाहरु आकष्मिक प्रकृतिको व्यवहारबाट आश्चर्यमा परेका छन l विदेशमा रहेका नेपाली दुतावास तथा मिशनहरुले प्रजातन्त्र दिवस मनाउने काम हरेक वर्ष हुने भएका कारण यस वर्ष पनि मनाउन कार्यक्रम तय गरि निमन्त्रणा पठाई सकेका हुनाले अन्योलमा परेका छन l नेपाली राजदुतावास मलेशिया लगायत केहि कुटनैतिक नियोगले भने प्रजातन्त्र दिवस मनाइ सकेका छन l कुटनैतिक नियोगहरु सरकारको मातहतका अंग भएका कारण कार्यक्रम हुन बाँकी ठाउहरुमा कार्यक्रम रद्द हुने प्राय निश्चित छ l तर कुटनैतिक नियोगहरुका पाहुना विदेशीहरु हुने भएका हुनाले यस्ताखाले कारण उनीहरुलाई कार्यक्रम रद्द भएको सुचना प्रदान गर्नु सहज भने होइन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.