क्यालिफोर्निया, नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को बार्षिक साधारण सभा मिती ०४ ,फरवरी २०१२ मा ४४० यलिस स्ट्रीट (Om Mandala hall) सन्फ्रान्सिस्कोमा भब्य रुपमा सम्पन्न भयो, साधारण सभामा कारीब २०० को उपस्थिती रहेको उक्त कार्यक्रम ५ बजे बेलुका सुरु भएको थियो, साधारण सभा नेपाली एसोसियसन (NANC) का सभापती घन प्रसाद दबाडिको सभापतित्वमा तथा सस्थापक सभापती गोपाल खड्किको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको उध्घोषण नान्सका महा सचिब सुरेन्द्र मल्लले गर्नु भएको थियो । कार्यक्रममा नान्सका सल्लाहकारहरु गोविन्द शाहि, तिर्थ दोङ्, बिनोद भट्ट तथा यान राइको उपस्थिती थियो भने समाज सेवी महिला कमला प्यकुरेल, बिश्वको सातै महादेशका सात वटै अग्ला हिमालयहरुको आरोहण गर्ने लक्ष लिइ अगाडी बढेको नेपाली महिला टिम कि सदस्य उषा बिस्ट र वाशिङ्टन स्टेटबाट आउनु भएका दर्शन रौनियार को उपस्थिती थियो ।
कार्यक्रममा नेपाली कम्युनिटी सेन्टरको लागी सबै भन्दा बढी रकम दान दिने दाता उत्तम कार्कि, बिभिन्न सङ्घ सस्थाका अध्यक्षहरु NAGC का अन्तराष्ट्रिय अध्यक्ष मनी नेपाली पनेरु, तमु समाजका अध्यक्ष भुपेन्द्र गुरुङ्, तामाङ कोप्रेटिभ सोसाइटिका अध्यक्ष रतु लामा, सनी सगरमाथाका अध्यक्ष इस्वर शापकोटा, जनसम्पार्क समितीका अध्यक्ष ज्ञानदिप लामा, व्हाइट जोनका अध्यक्ष राजेश थापा,कान्तिपुर कल्चरका गम गुरुङ्, जनपुकार डट कम का धनन्जय नरसिंह के सि, लाईन्स क्लब अफ बर्क्लिका भु पु अध्यक्ष चन्द्र धिताल्,महिला समाज शेवी बिष्णु गुरुङ्, समाज शेवी कुमार दोङ्, समज शेवी इस्वर सिटौला, समाज शेवी अशोक गौतम्, मदर्ल्यान नेपालका डाइरेक्टर सज्जन पान्डे तथा बिनोद तिवारीको उपस्थिती थियो ।
कार्यक्रम दुइ चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा प्रमुख अतिथीबाट कार्यक्रमको उधघाटन पश्चात सल्लाहकारहरु लगायत बिभिन्न सघ सस्थाका अध्यक्ष तथा प्रतीनिधीहरुबाट मन्तब्य दिइएको थियो भने प्रमुख अतिथीको मन्तब्य पस्चात सस्था (NANC) का सभापती घन प्रसाद दबाडीले एक बर्षको प्रगती बिबरण पेश गर्नु भएको थियो, त्यसै गरी कोषाधक्ष प्रेम लामाले यक बर्षको आय ब्यय पेश गर्नु भएको थियो भने नान्सका महासचिब तथा नेपाली कम्युनिटी सेन्टरका कोषाध्यक्ष सुरेन्द्र मल्लले कम्युनिटी सेन्टरको आय ब्ययको विवरण पेश गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा छलफल भएका बिषयमा साधारण सदस्यह रुबाट राखियका जिज्ञाषा माथी नान्स एक्स कमका सभापती घन प्रसाद दबाडि, प्रथम उपाधक्ष दिनेश पोखरेल्, दितिय उपाधक्ष चन्द्र सेर्चन्,महासचिब सुरेन्द्र मल्ल, कोषाधक्ष प्रेम लामा तथा सचिब सुशिल फुयाल बाट उत्तर दिइएको थियो ।कार्यक्रमको अन्तमा डिनर तथा डि जे को ब्यबस्था थियो डिनरको लागी लिट्टिल नेपालका वोनर प्रेम लामाबाट १७५ ।०० सहयोग भएको थियो भने ५७५ ।०० नान्स एक्स कमको टिमबाट सहयोग प्राप्त भएको थियो । डि जे बुद्ध ल्होबाट सन्चालन गरी ९ ।३० बजे बेलुका कार्यक्रमको अन्त्य भएको थियो । जनपुकार डट कम का धनन्जय नरसिंह के सि, लाईन्स क्लब अफ बर्क्लिका भु पु अधक्ष् चन्द्र धिताल्,महिला समाज शेवी बिष्णु गुरुङ्, समाज शेवी कुमार दोङ्, समज शेवी इस्वर सिटौला, समाज शेवी अशोक गौतम्, मदर्ल्यान नेपालका डाइरेक्टर सज्जन पान्डे तथा बिनोद तिवारीको उपस्थिती थियो ।







