रघु त्रिपाठी – राजदूतबिहीन दक्षिणकोरियास्थित नेपाली दूतावासमा कार्यरत एक कर्मचारीले राजीनामा गरेपछि कोरियामा रहेको नेपाली दूतावास सुनसान भएको छ । नेपाली राजदुत कमलप्रसाद कोईराला आफ्नो कार्यकाल पूरा गरि नेपाल फर्केपछि राजदुतबिहिन बनेको नेपाली राजदुतावासमा शेर्पाको राजिनामाले नेपालीहरूमा चिन्ता छाएको हो ।
नेपाली श्रमिकहरूलाइ दोभाषेको सेवा उपलब्ध गराउन करिव एक बर्षअघि नियुक्त स्थानीय कर्मचारी दावा शेर्पाले शुक्रवार राजीनामा दिएका हुन्र । करिब १४ हजार कामदारहरु रहेको अनुमान गरिएको कोरियामा सरकारले श्रम सहचारी पठाउन ढिला सुस्ती गर्दा नेपाली कामदारहरुले आफूलाई परेको समस्या बताउने ठाउं नभएको र त्यसको समाधानमा धेरै अप्ठ्यारो भैइरहेको अवस्थामा भाषा अनुवादक कर्मचारी शेर्पाको राजिनामाले नेपालीको पीडाको घाउमा नुन चुक छर्ने काम भएको नेपाली समुदायका सदस्यहरूले बताएका छन् । राजिनामा दिए लगत्तै टेलिफोन कुराकानिमा शेर्पाले आफूलाई राजदुतावसका हर्ताकर्ताहरुको कार्यशैली मन नपरेको र अनावश्यक द्वाब आउने गरेकोले राजिनामा दिएको बताउनुभयो ।
नयां डेपुटी चिफ अफ मिशन राजाराम बर्तौलाको थेग्नै नसकिने दबाब, बर्तौलाले शेर्पाले दूताबासको गोप्यता भंग गर्न सक्ने आशयको लाञ्छना लगाएको, नेपालीहरुको सेवामा खटिंदा खर्च भएको पैसाको बिल दूतावासमा पेस गरिंदा भुक्तानि गरिदिनुको सट्टा यो मलाई सोधेर जानु भएको होइन भन्दै बिलै रद्द गरिदिएको, अब आईन्दा तपाईले नेपाली कम्युनिटिहरुसित सम्पर्क घटाउनु पर्छ भन्दै दवाव दिने गरेकाले काम गर्न अनुपयुक्त लागेकाले राजीनामा दिएको शेर्पाले बताउनुभयो ।
कार्यबाहक राजदूत बर्तोलाले भने- ‘काम गर्न मन नलागे राजिनामा दिनु स्वभाविक हो,उनी गए, अब अर्को खोज्नु पर्छ।’ राजदूत पनि नभएको अवस्थामा कार्यसम्पादनमा कुनै गाह्रो होलाकि भन्ने प्रश्नमा उहाँको जवाफ थियो- ‘राजदूत हुनुनै भए पनि काम गर्ने हामीले नै हो।यसमा कुनै फरक पर्दैन । काम चलिरहेको छ।
कोरियामा स्थापित नेपाली संस्था एनाआरएनका अध्यक्ष केपी सिटौला ,एन सीसीका सचिव गिरिराज कुंवर लगायतका प्रमुख व्यक्तिहरुले पनि श्री दावाको राजिनामा लगत्तै असन्तुष्टि व्यक्त गर्दै “दुइ देशविचको कुटनीतिक सम्बन्धलाई अझ बलियो बनाउंदै यहां रहेका नेपाली समुदायहरुसित आपसी सम्बन्धको आधारमा देखिएका समस्याहरुको समाधान गर्नुको साटो दुतावासमा भएका न्यून जनशक्तिले समेत स्वविवेकले काम गर्न सक्ने वातावरण नहुनु खेदजनक कुरा हो” भनेर प्रतिक्रिया दिए।
यसै सन्दर्भमा कोरियामा नेपालीहरुको बढ्दो उपस्थिती संगै बढिरहेका समस्याहरु,नेपाली राजदूतावास र उसको नेपाली समुदायसितको अन्तर्सम्बन्धबिचको दूरी कम गर्ने सजिलो उपाय भनेको प्रत्यक्ष भेटघाट नै सबभन्दा उपयोगी हुने ठहर गर्दै आइतबारका दिन सन्चारकर्मीहरुले का.वा.राजदूतसंग एक अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।







