तपाईहरुले कुनै पनि दवावलाई मान्नु पर्दैन : गृहमन्त्री रावल

नेपालका माननिय गृहमन्त्री  भिम रावल नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भागलिन अमेरीका आईपुग्नु भएको छ । प्रस्तुत छ समसामयिक विषयमा वाहासंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीका केहि अंश ।

संयुक्त राष्ट्रसंघको महासभामा मैत्री राष्ट्रहरुको नेपालप्रतिको चासो कस्तो पाउनु भयो ?

हाम्रा मित्र राष्ट्रहरुको नेपालप्रतिको चासो यथावत नै छ । धेरै जसोले नेपालमा शान्ति यथाशिघ्र  स्थापित होस र त्यहा राजनैतिक स्थिरता कायम होस भन्ने भावना राखेका छन ।

अनमिनले एक पक्षिय रुपको प्रतिवेदन बुझायो भन्ने तपाईहरुको भनाई थियो । यस विषयमा पनि केहि कुराकानीहरु भए ?

ति विषयमा कसैले पनि खासै कुरा उठाएनन् । हामीले स्वयम संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंग कुराकानी गर्दा अनमिनको भुमिका प्रति हामी अवश्य पनि खुशी छौ र स्वागत गछौं, यसको कारण संयुक्त राष्ट्रसंघप्रति हाम्रो विश्वास हो । तर अनमिनका केहि प्रतिवेदनहरुमा तथ्य संगत कुराहरु उल्लेख गरिएका छैनन र अब उपरान्त तथ्य संगत कुराहरु उल्लेख हुन भन्ने हाम्रो अपेक्षा छ भन्ने विचार हामीले राख्यौ ।

संयुक्त राष्ट्रसंघका सभाअध्यक्षमा नेपालको जितका लागि केहि पहल कदमी पनि भए ?

हामीले कुलचन्द्र गौतमजीलाई संयुक्त राष्ट्रसंघको महासभा अध्यक्षको उमेदवारको लागि मनोनयन गरिसकेपछि व्यापक रुपमा कुटनैतिक पहल गरेका छौ । अहिले महासभामा सहभागी भएको अवस्थामा पनि हामीले विभिन्न देशका प्रतिनिधिहरुसंग, नेताहरुसंग हाम्रो उमेदवारीको विषयमा कुराकानी गर्दै सहयोगका लागि अनुरोध गरेका छौ र जितका लागि पहल कदमी गरिरहेका छौं ।

यो राजनैतिक / कुटनैतिक प्रकृतिको पद हो तर उमेदवार त प्रसाशक रोज्नु भयो नि ?

विगतको अनुभव र नेपालमा गएर गरेको कामप्रतिको इमान्दारीतालाई हेरेर नेपाल सरकारले वाहाको उमेदवारी दिईएको हो । यो प्रमुख रुपमा देशको प्रतिनिधत्वको कुरा हो र वाहाले संयुक्त राष्ट्रसंघमा प्राप्त गरेको अनुभववाट नेपालको प्रतिष्ठालाई कायम राख्नु हुन्छ भन्ने हामीले विश्वास लिएका छौ ।

तपाई नेपालको वर्तमान गृहमन्त्री, गृहप्रशासनका प्रमुख चुनौति के देख्नु हुन्छ र यसको समाधानको लागि के गर्दै हुनुहुन्छ  ?

शान्ति  प्रकृयाको आरम्भपछि कानुन व्यवस्था वनाईराख्नु नै प्रमुख चुनौतिको रुपमा रहेको छ । हामी गृह मन्त्रालयमा आईसके पछि विषेश सुरक्षा कार्यक्रम र त्यस अन्तरगत ५ वटा कार्य योजनाहरु कार्वान्यवयन गरेर कानुन व्यवस्थालाई सुदृढ गर्ने प्रयत्न गरियो र त्यसमा धेरै प्रगति भएको छ । यसलाई हामी जारी राख्छौ ।

अहिले तराईका  शसस्त्र समुह र पहाडका जातिवादी समुह अलि मत्थर देखिन्छन । यसको कारण राजनैतिक समझदारी हो या सुरक्षा व्यवस्थाको सफलता  ?

लोकतन्त्रमा संविधान र कानुन अनुसार सवैले चल्नै पर्ने हुन्छ । देशको माया गर्छु भन्ने कुनै पनि समुह वा व्यक्तिहरुले, लोकतन्त्र मान्छौ भन्ने व्यक्तिहरुले छुट्टै हिंसात्मक शसस्त्र गतिविधी गर्ने छुट पाउन सक्दैनन । त्यसैले हामीले गृहमन्त्रालय सम्हाले देखि कुनै पनि प्रकारका संविधान र कानुन विरोधी, नेपालको राष्ट्रिय हित स्वाधिनता र क्षेत्रिय अखण्ता विरोधी गतिविधीलाई कर्डाईका साथ नियन्त्रण गर्नुपर्छ भन्ने निती लिएका छौ । सोही नितीको परिणाम स्वरुप ति खाले गतिविधीहरु अहिले न्युन भएका छन ।

सुरक्षा क्षेत्र राजनैतिक हस्तक्षेपको चपेटामा पर्ने गरेको कुरा पटक पटक सुनिन्छ । यसलाई राजनैतिक हस्तक्षेपबाट मुक्ति दिलाउन सकिदैन ?

गृह मन्त्रालयको नेतृत्वको सम्हालेपछि मैले यस अन्तरगतका सवै सुरक्षा निकायका प्रमुखहरु र अन्य अधिकृतहरुलाई कुनै पनि राजनैतिक दवावमा नआएर संविधान र कानुनलाई दृढता पुर्वक  कार्वान्वयन गर्नुस भनेर निर्देशन  दिएको छु । यदि कहि कतै त्यो कार्वान्वयन गर्ने क्रममा राजनैतिक दवाव आयो भने त्यो दवाव तपाईहरुले अस्वीकार गर्नुस, दवाव आएको वेला गृह मन्त्रीको निर्देशन हो हामी कुनै खाले दवावलाई मान्दैनौ, हामी कानुनलाई आधार वनाएर मात्र अगाडि बढ्छौ भन्नुहोस, तपाईहरुले कुनै पनि दवावलाई मान्नु पर्दैन भन्ने निर्देशन दिएको छु । यसको परिणाम स्वरुप विभिन्न अपराध र अपराधी माथी नियन्त्रण गर्ने क्रममा सुरक्षा निकायले महत्वपूर्ण उपलब्धी हासील गरिरहेको छ ।

गृह मन्त्री कै तर्फबाट चांहि हस्तक्षेप भएको छैन ?

हामीले नेपालको संविधान, हाम्रो राजनैतिक व्यवस्था र जनताको आशा अपेक्षा भन्दा विपरीत कुनै पनि प्रकारको कृयाकलापलाई छुट दिने काम गरेका छैनौ ।

अदालतले हत्यारा सावित गरिसकेका व्यक्ति वालकृष्ण ढुंगेललाई राजनैतिक  निर्णय गरि मन्त्री परीषदवाट माफी दिई छोड्ने तयारी हुदै छ भन्ने सुनिन्छ , के यो साँचो  हो ?

त्यस्तो कुनै तयारी छैन । जहा सम्म कानुनी प्रकृया अन्तरगत काम गरेर अगाडि बढ्ने विषय छ, हामी अगाडि बढ्छौ । अदालतले गरेका निर्णयहरु, कानुन र संविधानका आधारमा भएका फैसलाहरु हामी कार्वान्यवन गर्दछौ । कतिपय अवस्थामा राजनैतिक दलहरुसंग विगतमा भएका सहमतीका आधारमा पनि अगाडि वढ्नु पर्ने हुन जान्छ । यस घटनामा त्यो अवस्था छ कि छैन भन्ने कुराको मुल्याङ्कन भैरहेको छ ।

इतिहासले गृहमन्त्रीका रुपमा संझने तपाईले गरेका कामहरु के देख्नु हुन्छ ?

यो मैले भन्ने भन्दा पनि तपाईहरुले देख्ने कुराहरु हुन । जहा सम्म गृह मन्त्रालय संचालनको कुरा छ हामी यस मन्त्रालयलमा आईसकेपछि सुरक्षा क्षेत्रमा भएको प्रगतिले हामीवाट राम्रै काम भयो भन्ने देखाउछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

सम्बन्धित समाचार
ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.