जनवरी १५, वाशिंगटन डी.सी. (एनयमक्याफे) अमेरिकाको वाशिंगटन डी.सी.मेट्रो क्षेत्रमा बसोबास गर्ने गुरुंगहरुले भर्जिनिया राज्यको फेयर फ्याक्समा आज एक कार्यक्रमको आयोजना गरी ल्ह्योत्सार पर्व मनाए l
तमु समाज ग्रेटर वाशिंगटन डी.सी.ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली दूतावास वाशिंगटन डी.सी.का उपनियोक प्रमुख अर्जुन प्रसाद मैनालीले पानसमा बत्ती बाली शुभारम्भ गर्नु भयो l प्रमुख अतिथिको मन्तब्यको क्रममा नेपालबाट टाडा बसेता पनि आफ्ना सामाजिक – सांस्कृतिक रीतिरिवाज, चाड पर्वलाई नेपालीहरूले जिवीत राख्न गरेको प्रयासप्रति सम्मान प्रकट गर्नुभयो l उहाले यस्तो खाले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आफू, नेपाली दूतावास र राजदूतका तर्फबाट ल्ह्योत्सारको शुभकामना ब्यक्त गर्नुभयो l
तमु समाजका अध्यक्ष कुल प्रसाद गुरुंगको सभापतीत्वमा संपन्न यस कार्यक्रमा तमु समाजका पूर्व अध्यक्ष डम्वर गुरुंगले स्वागत मन्तब्य राख्नु भयो l कार्यक्रममा वाशिंगटन डी.सी. क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा स्थानीय संस्था एएनएसका तर्फबाट एएनएसका सदस्य विनय अर्यालले शुभकामना ब्यक्त गर्नु भयो l दुई भागमा बाढिएको कार्यक्रमको यस पहिलो औपचारिक शत्रको संचालन गणेश गुरुंगले गर्नु भएको थियो l
केशर गुरुंगले सञ्चालन गर्नु भएको कार्यक्रमको दोस्रो शत्रमा सांस्कृतिक कार्यक्रम रहेको थियो l यस कार्यक्रमा विभिन्न कलाकारहरूले आ-आफ्नो कला प्रस्तुत गरी मनोरंजन प्रदान गर्नु भयो भने तमु समाजलाई लामो समय देखि सहयोग पुर्याए वापत शान्ति गुरुंग, श्याम गुरुंग र श्याम खड्गीलाइ उपहारकासाथ विशेष सम्मान गरियो l









