आऊ एउटा आन्दोलन गरौ

जाग नेपाली आऊ एउटा आन्दोलन गरौ
भ्रस्ट असक्षम नेता रुपी देश चुस्ने जुकाहरुलाइ
बहिस्कार गरौ
भ्रस्ट हरुले राजस्व मात्र लुटी राखेका छैनन
भत्काई रहेछन देश र सन्ततिको भविष्य
यी अक्षम्य अपराधीहरुलाइ
आऊ अब सबै मिलि बहिस्कार गरौ

न बोलाउने तिनलाई कतै स्वागतमा
न जाउ तिनको ढोकामा अफ्नो काम बनाउन
देख्दा तिनलाई तर्की हिडौ
भ्रस्टहरुलाइ नमस्कार गर्न बन्द गरौ
आऊ बहिस्कारको अभियान चलाउ
लुटेको सम्पति राजस्वमा फिर्ता गर्न
घर बस्ति र टोल टोलवाट उठौ l

भ्रस्टले ओगटेको घर कार्यालय बहिस्कार गरौ
भ्रस्टहरुलाइ उद्घाटन बिमोचनमा रोकौ
जहाँ जहाँ पुग्छन बहिस्कार गरौ
भ्रस्टको बाटो अबरुद्ध पारौ
भ्रस्टका महलमा फोहर कन्टेनर थुपारौ
ति र तिनका सन्तान सितको मित्रता तोडौ
ति देश र हाम्रा शत्रु हुन
तिनलाई ज्यु हजुर भन्दै फुल माला लगाई दिने
हाम्रो कुमतिलाइ त्यागौ
आऊ उठ जाग अब त भ्रस्टलाइ बहिस्कार गरौ l

मुक्त पारौ हाम्रा सन्ततिलाइ
भ्रष्टहरुको करतुशवाट
मुक्त पारि दिउ नेपाललाइ
भ्रष्टहरुको चंगुलवाट
नियम कानुन सबै लत्याए तिनले
हुन्न कराएर मात्र केहि अब
जनताको अबमुल्यन गरे भ्रस्टहरुले
देश माथि अन्याय गरे भ्रस्टहरुले
चिन्ता मात्र गरेर केहि हुन्न अब
बहिस्कार गरेर भ्रस्टहरुलाइ
घर र जेलमा थान्को लगाउनु पर्छ
भ्रष्टहरुको कु कर्मले हाम्रो मात्र होइन
आउने पुस्तालाइ समेत ऋणको बोकाई रहेछन
अति भो अब त हे सार्बभौम जनता हो उठ l

अब छोडौ राजस्व तिर्न
रोकौ तिनलाई हाम्रो समाजमा छिर्न
संचारका सपुत हरुले यो सत्कार्य गर्नु पर्छ
सचेत हु भन्ने नागरिक समाजले
यो पुण्य कामको नेतृत्व गर्नु पर्छ
इमान्दार हु भन्ने कर्मचारीले कुर्सि छाडेर
आन्दोलनमा सहभागी हुनु पर्छ
बाहिर भ्रस्टाचारको बिरोध गर्ने
भित्र भ्रस्टाचारीसित मित्रता गर्ने
सचेत हु भन्ने पाखण्डीहरुलाइ
पाखा लगाउदै देशभक्त नेपालीहरु हो
अब त अति भयो लौ उठौ
भ्रस्टहरुलाइ तह लगाउन
बहिस्कारको आन्दोलनमा लाग्न उठौ l

One Response to आऊ एउटा आन्दोलन गरौ

  1. binodraj says:

    Thank you for your kindness…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.