जनस्तरका कुटनीतिकहरु राजदूत निवासमा

 

वाशिंटन डीसी, फेब्रुवरी १८ ( एनयमक्याफे ) हिजो शुक्रवार साँझ नेपाल राजदूत निवास वासिंटन डिसिमा एउटा महत्वपूर्ण जमघट भएको थियो l आफ्नो देशको सम्बन्ध विश्वभरका मुलुकमा विस्तार गर्न अमेरिकी जनता कति जागरुक छन भन्ने देखाउथ्यो यो जमघटले । नागरिकले अर्को देशका नागरिकसंग भाइचारा नाता गास्न आजभन्दा ५१ बर्षअघि अमेरिकीहरुले एउटा संस्था बनाएका थिए, त्यसको नाम थियो NATIONAL COUNCIL FOR INTERNATIONAL VISITOES (NCIV) गत शुक्रवार साँझ यहि काउन्सीलका सदस्यहरु भेला भएका थिए नेपाल राजदूत निवास वासिंटन डिसिमा । नेपाली राजदूत डा. शंकर शर्मा उक्त कार्यक्रमको मुख्य आयोजक हुनुहुन्थ्यो । उहाँले पाहुनाहरुको स्वागत गर्ने क्रममा नेपाल भ्रमण बर्ष र लुम्बीनी भ्रमणबर्षको समेत प्रसंग उल्लेख गर्दै नेपाल भ्रमण गर्न सबैसंग आग्रह गर्नु भएको थियो । आफूले पनि पहिले एनसीआभीको कार्यक्रम अन्तर्गत अमेरिका भ्रमण गरेको र यो संस्थाको उद्देश्यसंग आकर्षित भएको उहाँले बताउनु भएको थियो । डा. शर्माले यस्तै भेटघाट कार्यक्रमको आयोजना गत बर्ष पनि गर्नु भएको थियो ।

कार्यक्रममा एनसीआइभीका कार्यक्रम ब्यबस्थापक थेया एल. रिचार्डले आफ्नो कार्यक्रमवारे प्रष्ट्याउदै राजदूत डा. शर्माले पनि एनसीआभीको कार्यक्रम अन्तर्गत अमेरिका भ्रमण गरेको जानकारी पाएकोमा खुशी व्यक्त गर्नु भयो l उहाले आफ्नो समूहको तर्फबाट राजदूत डा. शर्मालाइ उपहार पनि हस्तान्तरण गर्नु भयो l

अमेरिकी सरकारको विदेश विभागको सहयोगमा आयोजित International Visitors of Leadership Program(IVLP) पनि सक्रिय सहभागी हुने एनसीआइभी यस्ता कार्यक्रमहरुको संयोजक नै हो । एनसीआइभी अमेरिकाभरका ९० भन्दाबढी सामाजिक संस्थाहरुको मूल संस्था हो । आफ्नो सदस्यहरुलाई नागरिक तहका राजदूत भनेर व्याख्या गर्ने एनसीआइभीले विश्वभरका मुलुकका नागरिकसंग भाइचारा संबन्ध स्थापना गर्नु र एकले अर्को मुलुकको अध्ययन अवलोकन गर्नु यस संस्थाको मूल उद्देश्य रहेको छ ।

पर्यटन उद्योगको राम्रो संभावना भएको हाम्रो मुलुकका हामी नागरिकले सिक्नु पर्ने र अनुसरण गर्नु पर्ने यो संस्थाबाट शुक्रवारको उक्त कार्यक्रममा झण्डै तीन दर्जनभन्दा बढी एनसीआइभी सदस्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हाम्रो मुलुकको परिचय त्यहाँको भूगोल,संस्कार, संस्कृति र त्यहाँ हेर्न एवम अध्ययन गर्न लायकका विषयवस्तुका बारेमा जानकारी दिन गरिएको यो भेटघाट कार्यक्रममा मेरिल्याण्ड तथा पेन्सीलभेनियाका लागि अवैतनिक बाणिज्यदूत प्रेमराजा महतले नेपालको मौलिक बाजा सारंगीको धूनसंग नेपाली लोक गीत गाएर मनोरञ्जन दिनु भएको थियो । एनसीआइभीका सदस्यहरुलाई नेपाली परिकारको भोजन गराइएको थियो । सो अवसरमा एनसीआइभी सदस्य संस्थाका प्रतिनिधिहरु,वासिंटन डिसी वरपरका संचारकर्मीहरु र राजदुतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको फोटोका लागि यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.