आफैंलाई हराएर आफैंलाई खोजे मैले
कस्तो तकदीर रहेछ मेरो कस्तो भाग्य रोजें मैले
कस्तो तकदीर रहेछ मेरो कस्तो भाग्य रोजें मैले
आफ्नोलाई लत्याएर कुवाटोको फेला परें
माथि पुग्ने लालसामा झनै तल झरें
आफैंलाई विटुल्याई कस्तो धर्म रोजें मैले
कस्तो तकदीर रहेछ मेरो कस्तो कर्म रोजें मैले
माथि पुग्ने लालसामा झनै तल झरें
आफैंलाई विटुल्याई कस्तो धर्म रोजें मैले
कस्तो तकदीर रहेछ मेरो कस्तो कर्म रोजें मैले
इश्वरलाई लत्याएर कस्तो स्वर्ग रोजें हुँला
पाउन पाए उनको साथ अँगालोमा रुन्थें होला
आफ्नैलाई दुत्कार गर्दा धोखा खानु परयो मैले
कस्तो तकदीर रहेछ मेरो कस्तो भाग्य रोजें मैले ।
पाउन पाए उनको साथ अँगालोमा रुन्थें होला
आफ्नैलाई दुत्कार गर्दा धोखा खानु परयो मैले
कस्तो तकदीर रहेछ मेरो कस्तो भाग्य रोजें मैले ।
८।२२।२०११
आर्लिंटन, भर्जिनिया ।
आर्लिंटन, भर्जिनिया ।