भारतीय चर्चित गायिका आशा भोसलेले सर्वाधिक एकल गीत रेकर्ड गरेर गिनिज बुकमा नाम लेखाएकी छिन् । उनले १९४७ देखि अहिलेसम्म २० वटा भाषामा गित गाएकी छिन् । ७८ वर्षकी आशाले ११ हजार गीत रेकर्ड गराएकी छिन् l जसमा एकल , युगल तथा समूह गायन समावेश छन् । उनलाई लण्डनमा आयोजिक एशियाली पुरस्कार अर्पण समारोहमा गिनिज सम्मान प्रदान गरिएको छ । गायिका भोसलेले आफुलाई गिनिज बुकमा नाम लेखाउन सहयोग गर्ने संगीत शोधकर्ता र आफ्ना सबै प्रशंसकलाई धन्यवाद दिएकी छिन् ।
सम्बन्धित समाचार









thanks u r great always inn the world of music