कोमल वली बन्ने भईन हिरोईन

गायन पेशामा सक्रिय भएको दुई दशक पुरा गरिसकेकी कोमल वली फिल्मकी हिरोईन समेत हुने भएकी छिन । हरेक बर्ष तिज सम्बन्धी उट्पट्याङ गित निकालेर चर्चा कमाउने गायिका वलीलाइ चलचित्र ‘दब्दबा’ मा हिरोईन बनाउन लागिएको हो l

एम.एस अग्रजले निर्देशन गर्ने चलचित्र ‘दब्दबा’ सम्बन्धमा कथ्मंदुको एक क्लबमा आयोजित प्रेस मिटमा वलीले बिशेष भूमिका निर्वाह गर्न लागेको जानकारी दिईएको हो । फिल्ममा कस्तो भूमिका र कति भूमिकामा उनी छिन् भन्ने प्रश्नमा निर्देशक अग्रजले भने, ‘उहाँ हट एण्ड स्पाईसी रोलमा हुनुहुन्छ त्यसैले सवै कुरा अहिले नै खोलि नहालौ ।’ ब्यस्तताको कारण देखाउदै कोमल वली भने कार्यक्रममा उपस्थित भएकी थिईनन । सो चलचित्रमा वलीले एउटा गीत पनि गाएकी छिन।

वलीले आफुलाई सुरूमा गीत गाउन मलाई बोलाएको र त्यसको भोलिपल्ट सिटिङका लागि पुनः डाकेर अभिनय गर्ने प्रस्ताव राखेको कुरा बताएकी छन् l आफुले त्यस प्रस्तावलाई तुरून्त स्वीकार गरिदिएको बताउन पनि उनि चुकिनन l नारीलाई आफ्नो गीतको लयमा अटाएर बजार तताउने वलीले जिवनमा एक पटक अविवाहित नारी सम्बन्धी फिल्म बनाउने धोको भएकाले फल्मी अनुभव लिन उक्त चलचित्रमा अभिनय गर्न लागेको बताउदै उनले अगाडी भनिन ‘म जस्तै अविवाहित नारीहरूले समाजबाट भोग्नु परेको पिडाको विषयमा फिल्म बनाउने सोच छ जुन म पूरा गरि छाड्ने छु’, उनले भावी फिल्मी योजना बताईन ।

कोमल वलीलाई लिएर प्रोमोशनको नयाँ फण्डा बनाएको सो चलचित्र साइको क्राईम थ्रिलरमा आधारित हुने बताईएको छ । प्रेस मिट कार्यक्रममा यस चलचित्र वारे थप जानकारी दिदै निर्देशक अग्रजले भने “कानुनको विरूद्धमा पनि आवाज उठाएका प्रसंगहरू समेटिने छौ l ” निर्देशक अग्रजले जानकारी दिए । कलर मुभिको प्रस्तुती रहने उक्त चलचित्र यथार्थ घटनामा आधारित रहेको र फिल्म पनि सोही अनुरूप खिचिने कार्यक्रममा बताईयो । यस चलचित्रमा गणेश उप्रेती, रश्मी भट्ट, विशाल पोखरेल तथा नव प्रस्तुतीमा आरजु अधिकारी र विश्व उल्टो र्साईकल यात्री विरेश दाहालले पनि अभिनय गर्दैछन् ।

चलचित्रलाई रत्नप्रसाद श्रेष्ठ, कल्यान दाहाल र शम्भु थापाले मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्रमा राजिव मानन्धरले डेब्यू फिल्मको रूपमा छायाकंनको जिम्मेवारी पाएका छन् भने द्धन्द तर्फ देव महर्जन र नृत्य निर्देशकको रूपमा सुरेश चौधरी अनुबन्धीत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.