काठमाडौँ. माघ २२ ( एनयमक्याफे) गत जुलाई महिनामा एएनएको २९ औ सम्मेलनका बेला नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाद्वारा अमेरिकाको वाशिंगटन डी. शि. मा सम्पन्न गरेको अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब- २०११ का बिजयी कविहरुलाइ काठमाडौँमा पुरस्कार वितरण गरियो l उक्त कुराको जानकारी नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाका अध्यक्ष बशन्त श्रेष्ठले एक विज्ञप्ति मार्फत गराउनु भएको हो l
विज्ञप्तिमा उल्लेख भए अनुसार सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट गत शुक्रबार अपरान्ह राष्ट्रपति भवन शीतल निवाशमा नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाद्वारा आयोजना गरिएको एक भब्य समारोहका बीच अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब- २०११ का बिजयी कविहरु नुवाकोटका रामबहादुर तामांग, पोखराका शरण आँशु र गोरखाका छम गुरुङलाई पहिलो, दोश्रो र तेश्रो पुरुस्कार स्वरूप अमेरिकी डलर क्रमश: १,०००/-,३००/-र २००/- तथा प्रमाणपत्र प्रदान गर्नु भयो l त्यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि बैरागी काईलाले पुरस्कृत कविहरूलाई टिका र राष्ट्रकवि माधव घिमिरेले माला पहिर्याइ दिनु भएको थियो l
प्रारम्भमा नेपालका संयोजक कवि बिश्वोबिमोहन श्रेष्ठले सम्माननीय राष्ट्रपतिलाई पुष्प-गुच्छाद्वारा स्वागत गर्नु भएपछि सचिब श्रीओम रोदनले स्वागत मन्तब्य राख्नु हुँदै अमेरिकाबाट प्राप्त अध्यक्ष वसन्त श्रेष्ठको लिखित मन्तव्य पढेर सुनाउनु भयो l समारोहमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रतिष्ठानको यस किसिमका कार्यहरुको प्रशंशा गर्दै पुरुस्कार सस्थापकहरुलाई धन्यबाद दिदै पुरुस्कृत कविहरुलाई शुभकामना दिनु भएको थियो। अन्तमा सभापतिको आशनबाट संयोजक बिश्वोबिमोहन श्रेष्ठले सबै प्रति यथोचित आभार ब्यक्त गर्दै प्रतिष्ठानको गतिबिधिहरु माथि प्रकाश पार्नु भयो र सम्माननीय राष्ट्रपतिज्यूलाइ सस्थाका तर्फबाट उपहार स्वरूप ढलौटको सरस्वतीको कलात्मक मुर्ती प्रदान गर्नु भएको थियो l
करिव दुइ सय साहित्यकार एबम बुद्धिजीबीहरु सहभागी रहेको उक्त कार्यक्रमको संचालन साहित्यकार बाबा बस्नेतले गर्नु भएको थियो l कार्यक्रमको समाप्ती पछि भएको सुमधुर जलपानमा लामबढ्द सहभागीहरुसंग सम्माननीय राष्ट्रपतिज्यूले एक एक गरी परिचय गर्दै आयोजकहरुसंग समसामयिक साहित्यिक गतिबिधिहरुप्रति चासो देखाउनु भएको थियो र पुरुस्कृत एबम आयोजकहरुका साथ सामुहिक तस्बिर पनि खिचाउनु भएको थियो l







