एन.आर.एन. माने दोहोरो नागरिकता र लगानीमात्र हैन


गैरआवासीय नेपाली संघले आफ्नो पाचौ सम्मेलन काठमाडौँमा सम्पन्न गरेपछी आहिले सबै आ-आफ्नो गन्तब्यतिर लागि सकेका छन l नयाँ बनेका अध्यक्ष जीवा लामिछानेले नेपालमा लगानी भित्राउने र लगानीकर्ताको सुरक्षा सुनिस्चित गर्ने बाचा पनि गर्नु भयो l तर नेपाल बाहिर बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्था बनेको आठ बर्षसम्म पनि यसले बैधानिकता पाएको छैन l न त यो संस्था नेपालमा दर्ता भएको छ न अन्य कुनै मुलुमानै दर्ता भएको सुनिन्छ l तर बिगत आठ बर्षदेखि यसले निरन्तर काम गर्दै आइरहेको छ भने यसले आहिलेसम्म तीनवटा अध्यक्ष पनि फेरी सकेको छ l गैरआवासीय नेपाली संघले नेपाल बाहिरका नेपालीलाई परिचय दिदैजाने भनिएता पनि यसमा संलग्न ब्यापारीवर्गलाई बाहेक अरु कसैले परिचय पाएको देखिदैन l

गैरआवासीय नेपाली संघले प्रथमतः गैरआवासीय नेपाली संघको शाखा रहेको मुलुकमा नेपालीहरुको संख्या कति छ भनेर यसको शाखाले गर्नु पर्ने काम आठ बर्ष बितीसक्दा पनि भएको छैन, दोश्रोमा विभिन्न मुलुकमा उच्चओहोदा बसेर कामगरिरहेका नेपालीहरुको लागत राख्ने काम गर्नु पर्नेमा त्यो पनि भएको छैन, तेस्रोमा एन. आर. एन. ले विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका नेपालीहरुको लागत राख्ने काम गर्नु पर्छ, नेपाल बाहिर नेपाली संघ/संस्थालाई आर्थिक रुपबाट सहयोग गरेर बलियो बनाउने कार्यमा सहयोग पुर्याउदै आउने व्यवसायीहरुको जानकारी राख्ने काम एन.आर.एन. का शाखाहरुको हैन ? र चौथोमा नेपाल छोडेर प्रवासिएका साहित्यकार, कलाकार, संस्कृतीकर्मी र विद्वानहरुको नामांकन राख्ने जस्ता धेरै कामहरु गर्नु पर्नेमा हामी दोहोरो नागरिकताको रटाईमा नै समय फाली रहेकाछौ l

एन. आर. एन. ले विभिन्न मुलुकमा शाखा त खोल्यो तर त्यहाँ बसोबास गर्ने नेपालीहरुको मन जित्न अझै सकेको छैन l अहिले पनि सबैजना इच्छाले यसको सदस्य भएको देखिदैन भने कतिपय एन. आर. एन. को कार्यकारिणीमा बसेकाहरुको परिवार पनि सदस्य भएका छैनन l पदका लागि मात्र एन. आर. एन. बन्ने प्रवृतिबाट यसलाई टाढै राखेर नेपाल बाहिरका नेपालीहरुको पहिचानका लागि एन. आर. एन. संघको सदस्य बन्नु पर्ने स्वेच्छा सबैमा जागृत पर्ने वातावरण बनाउने दायित्व अहिले सबै मुलुकका नबगठित कार्यसमितिसंगै नया केन्द्रीय समितिको पनि रहेको छ, नत्र भने बिगतका बर्षहरुमा जस्तै यो नया केन्द्रीय समितिको पनि काम बिगत आठ बर्षदेखि अरु समितिले गरेको जस्तै रटाईमा मात्र सिमित रहने छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.