एएन २९ औं सम्मेलनका स्वयंसेवकहरुको सम्मान

वाशिङटन डि.सी.,जनवरी १४ ( एनयमक्याफे) अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले अहिलेको समयको कुटनीतिको आधार स्तम्भ समुदाय भएकोले यसमा एएनए जस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहने कुरा बताउनु भएको छ l उहाले उक्त कुरा एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज् ( एएन) को २९ औं सम्मेलनलाई सम्पन्न गराउन सहयोग गर्ने स्वयंसेवकहरुको सम्मानमा एएनएको २९ औं सम्मेलन आयोजक कमिटीले शुक्रबार भर्जिनियामा आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्ने क्रममा बताउनु भएको हो l स्वयंसेवक सम्मान कार्यक्रम अगष्टको तेस्रो साता गर्ने योजना रहेकोमा एनएको नेतृत्व सम्वन्धि मुद्धाका कारण हुन सकेको थिएन l

कार्यक्रममा एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले सभापतीको मन्तब्यको क्रममा नेपाली समुदायमा कौतुहलतामा रहेको एनए सम्वन्धि मुद्धा बारे चर्चा गर्दै यसका कारण आफूले सोचेको गति र समयमा संस्थाको काम गर्न नसकेको बताउनु भयो l उहाले आपतकालिन अवस्थामा सहयोग गर्न एक वर्ष भित्र करीव एक लाख अमेरिकी डलर र दुइ वर्ष सम्ममा करिव दुइलाख अमेरिकी डलर बरावरको रकम संकलन गर्ने लक्ष्यका साथ ‘एएनए आकस्मिक सहयोग कोष’ खडा गरिएको , नेपालको ग्रामीण क्षेत्रको विकासमा सहयोग पु-याउने कार्यक्रम तर्जुमा गरिएको , सुशासनका लागि सहयोग पुर्याएका नेपाली पत्रकारहरुलाई एक हजार डलर बराबरको वार्षिक पुरस्कार स्थापना गर्न लागिएको, अमेरिकामा भएका नेपाली खेलाडीहरुलाई नेपालमा लगेर खेल खेलाउने तयारी गरि रहेको लगायतका कार्यक्रम एएनएले समुदायमा ल्याउने जानकारी दिनु भयो ।

कार्यक्रममा एएनका पूर्व अध्यक्ष सिमोन ढुंगानाले अदालतमा परेको मुद्धा कानूनी रुपले नै सकिएकोले अव सवै एकजूट भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो भने अर्का पूर्व अध्यक्ष डा.श्याम कार्कीले निर्वाचित अध्यक्षलाइ कसैले अवैधानिक रुपमा हटाउन हुदैन भन्ने मान्यताका कारण आफूले सिमोन ढुंगानालाइ साथ दिएको कुरा बताउनु भयो l

एएनएको २९ औं सम्मेलन स्वयंसेवक समितिका संयोजक विजय थापाले संचालन गर्नु भएको उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरुलाई राजदूत डा. शर्माले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.