आगलागीमा १३ जना गम्भीर घाइते

 गोरखा, फागुन ८ । उत्तरी गोरखाको विकट उहिया गाविसको एक घरमा गएराति आगलागी हुँदा किरियापुत्री कुर्न बसेका एक दर्जनभन्दा बढी स्थानीय सर्वसाधारण घाइते भएका छन् । उहिया-१ खोर्लाका सुवानसिंह गुरुङको घरमा आगलागी हुँदा ती मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार आगलागीमा स्थानीय कमल गुरुङ, अरुण गुरुङ, टेकबहादुर गुरुङ, वीरबहादुर गुरुङ, शर्मिला गुरुङ र सुनिता गुरुङलगायत १३ जना गम्भीर घाइते भएका हुन् । गोरखा प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक वसन्त कुँवरका अनुसार टुकीमा मट्टतिेल थप्ने क्रममा राति करिब सवा नौ बजेको समयमा आगलागी भएको थियो । आगलागीका कारण सुवानसिंहको घर जलेर पूरै नष्ट भएको छ । आगलागीका कारण भएको भौतिक क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले बताएको छ । कुँवरले घाइतेमध्ये गम्भीर अवस्थाका बिरामीलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाइएको जानकारी दिनुभयो । घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट झण्डै एक दिन पैदल हिँड्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.