अस्ट्रेलियाका प्रधानमन्त्री आदिवासीको आक्रमणमा

अस्ट्रेलिया, जनवरी २६ – स्थानीय आदिवासीको आक्रमणबाट अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्ड र विपक्षी दलका नेता टोनी एबोट मुस्किलले बाँच्नुभएको छ । अस्ट्रेलियाको राष्ट्रिय दिवस मनाउन एक रेस्टुरेन्टमा पुगेका प्रधानमन्त्री गिलार्डलाई स्थानीय आदिवासीहरुको आक्रमणबाट प्रहरीले उद्दार गरेको बिबिसीले जनाएको छ ।

रेस्टुरेन्ट भित्र रहेका प्रधानमन्त्रीलाई झण्डै दुई सय आदिवासीहरुले घेरेका थिए । सन् १७८८ मा अंग्रेजहरु अस्ट्रेलिया पुगेको अवसरमा अस्ट्रेलियामा राष्ट्रिय दिवस मनाइन्छ । तर आदिवासीहरुले भने यो दिवसलाई आफु विरुद्धको आक्रमणका रुपमा हेर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आदिवासीहरु अंग्रेज बिरोधी हुन् ।

२० मिनेटसम्म प्रधानमन्त्री गिलार्ड सहितका नेता आदिवासीको घेराउमा परेपछि बल्ल प्रहरी घटनास्थलमा आएर उद्दार गरेको थियो । अस्ट्रेलियाका आदिवासीहरु समान अधिकारका लागि भन्दै लामो समय देखि आन्दोलन गरिरहेको र विपक्षी दलका नेता एबोटले संविधानमा आदिवासीहरुलाई मान्यता दिएकोले आन्दोलन रोक्न आग्रह गरेपछि उनीहरु आक्रोशित बनेको बिबिसीले जनाएको छ । यि आदिवासीहरु भूमि अधिकार माग्दै आन्दोलनमा छन् ।

आदिवासी समर्थकहरु आफ्नो संस्था स्थापानको ४० औँ वर्षगाँठ मनाउन त्यहाँ भेला भएका थिए । प्रहरीले प्रधानमन्त्रीलाई कठालोमा समातेर गाडीमा हालेको र त्यसक्रममा उहाँको जुत्ता समेत छुटेको बिबिसीले लेखेको छ । प्रधानमन्त्रीको गाडी गुड्दा समेत आदिवासीहरुले उहाँलाई लखेट्न छोडेनन् । जब गाडीले रफ्तार लियो बल्ल उनीहरु फर्केका थिए ।

स्रोत: एजेन्सीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.