अमेरिकामा नेपाल चिनाइने

 
वाशिंटन डीसी, फेब्रुअरी १२ ( एनयमक्याफे) अमेरिका र क्यानडामा बसोबास गर्ने गैह्र नेपाली मुलका बासिन्दाहरुलाई नेपाल सम्वन्धि जानकारी गराउन ‘ ग्लोवल नेपाल फेस्ट ‘ र यिनै दुई राष्ट्रमा बसोबास गर्ने नेपालीहरुलाई लक्ष गरि ‘ नेपालीज समर फेस्ट’ नामका कार्यक्रमहरु डीसी मेट्रो क्षेत्रमा आयोजना हुने भएका छन l कार्यक्रम आयोजकहरुले आज वाशिंटन डीसीमा पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन l

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार ‘ रिभलुसन प्रोडक्सन ‘ र ग्लोवल नेपाल मिडियाको संयुक्त आयोजनामा सम्पन्न गरिने यि दुई कार्यक्रम मध्ये पहिलो कार्यक्रम ‘ ग्लोवल नेपाल फेस्ट ‘ नेपाली नयाँ वर्षको अवसरमा आउदो अप्रिल महिनाको १४ तारिखका दिन ‘ यार्ड पार्क वाशिंटन डीसी ‘ मा आयोजना हुने छ l एक दिने यस कार्यक्रममा नेपाली कला तथा संस्कृतिको प्रदर्शन गरिने छ l पोटोम्याक नदी किनारसंगै रहेको हरियो घाँसे मैदानमा खुल्ला रुपमा सम्पन्न गरिने यस ‘ ग्लोवल नेपाल फेस्ट ‘ मा आगन्तुकहरुले नेपाली संगीत, संस्कृति, खाना, पर्यटन, हस्तकला जस्ता विषयको जानकारी पाउन सक्ने छन l यो गैह्र नेपाली मुलका बासिन्दाहरुलाई नेपाल सम्वन्धि जानकारी दिन आयोजना गरिएको कार्यक्रम भए पनि यस कार्यक्रममा थुप्रै नेपालीहरुको उपस्थितिको अपेक्षा रहेको छ l अमेरिकाका आप्रबासी नेपालीहरुले आफ्ना बालबालिकाहरु र ईष्ट मित्रहरुलाई नेपाल चिनाउनका लागि कार्यक्रममा लिएर आउने हुनाले यो अपेक्षा आयोजकहरुले गरेका हुन l

३ दिन सम्म चल्ने अर्को कार्यक्रम ‘ नेपालीज समर फेस्ट’ भने मे महिनाको २५ देखि २८ तारिख सम्म आयोजना हुनेछ l ‘ मेमोरियल डे ‘ को सप्ताहन्त पारेर आयोजना गर्न लागिएको यो कार्यक्रम भर्जिनिया राज्यको डीसी मेट्रो क्षेत्रमा पर्ने टाइसन कर्नरमा रहेको होटल ‘ शेराटन प्रिमियर ‘ मा सम्पन्न हुनेछ l नेपाली मुलका बासिन्दाहरुलाई लक्षित गरि आयोजना हुने यस कार्यक्रममा विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम, डिजे पार्टी, पेशागत संजाल,वर्कशप, फोरमहरु, बालबालिकाका लागि कार्यक्रमहरु लगायतको समावेश गरिने छ l

यस कार्यक्रममा सहभागीहरुको सुविधाकालागी कार्यक्रम स्थलबाट नजिकको ‘मेट्रो स्टेशन ‘ सम्म नि:शुल्क यातायात व्यवस्था, सहुलियत दरमा होटलको कोठा र एयरपोर्ट सम्मको यातायातको व्यवस्था गरिएको छ l कार्यक्रममा दर्ता शुल्क पनि नलिइने भाको छ l

आयोजकका अनुसार यो कार्यक्रम नाफा रहित भने होइन l आयोजकका अनुसार यो कार्यक्रम नाफा रहित भने होइन l आयोजक मध्येका ग्लोवल नेपाल मिडियाका म्यानेजिन डाइरेक्टर  सुरेश सापकोटाले पत्रकार सम्मेलनमा यो नाफाको अपेक्षा गरिएको कार्यक्रम भए पनि यस कार्यक्रमबाट आएको मुनाफाको एक हिस्सा नाफा रहित संस्थाहरुलाई दिने योजना रहेको जानकारी गराउनु भयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.