सिकागो, अमेरिका, जनवरी २४ ( एनयमक्याफे) अमेरिकाको सिकागो शहरका समाजसेवी बाला घिमिरे ‘ कम्युनिटी सर्भिस अवार्ड २०१२’ बाट सम्मानित हुनुहुने भएको छ l घिमिरेले समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरूप ‘ एसियन अमेरिकन कोलिएसन अफ सिकागो’ ले उक्त पुरस्कार दिन लागेको हो l यसैगरि सिकागोका युवा शिव उपाध्याय ‘ युथ हु एक्सेल अवार्ड २०१२’ बाट सम्मानित हुनुहुने भएको छ l यो पुरस्कार पनि ‘ एसियन अमेरिकन कोलिएसन अफ सिकागो’ ले नै दिन लागेको हो l
‘ ब्रिजिंग जेनेरेसन एण्ड कल्चर फर प्रोग्रेस’ भन्ने नाराका साथ सप्ताहब्यापी रुपमा मनाइने ‘२९ औ लुनार नयाँ वर्ष’ कार्यक्रमका अवसरमा फेब्रुवरी २५ तारिख साँझ उहालाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ l पुरस्कार वितरण कार्यक्रममा करिव १२०० सहभागी हुने अनुमान गरिएको छ l अमेरिकी कांग्रेसमा इलिनोयको नवौ डिस्ट्रिकबाट प्रतिनिधित्व गर्ने कांग्रेसम्यान जान स्चाकोव्स्क्य, इलिनोय राज्यका गभर्नर पाट क्यून लगायत राज्यका महत्वपूर्ण अधिकारिहरुको पनि यस कार्यक्रममा उपस्थिति हुने भएको छ l कार्यक्रममा सिकागोमा रहेका टेलीभिजन प्रसारण संस्थाका ‘ सेलिब्रेटी’ को बाक्लो उपस्थिति रहने र महत्वपूर्ण संचार माध्यमहरुले यस कार्यक्रमलाई महत्वकासाथ स्थान दिने निश्चित भएको जानकारी आयोजकबाट प्राप्त भएको छ l
बाला घिमिरे १९८० को दशकको पूर्वार्धको समयमा बिद्यार्थी छदा प्रजातान्त्रिक आन्दोलन र सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो l १५ वर्ष अघि अध्यनको सिलसिलामा अमेरिकाको सिकागो शहर आइ पुग्नु भएका घिमिरेले सिकागो शहरमा थुप्रै संघ-संस्थामा रहेर योगदान पुर्याउनु भएको छ l उहा ‘एसियन अमेरिकन एडभाइजरी काउन्सिल फर सेक्रेटरी अफ स्टेट, इलिनोय’ मा नेपाली समुदायको प्रतिनिधित्व गर्नु हुन्छ l उहाले नेपालमा रहेका गरिव बालबालिका लागि सहयोग पुर्याउन ‘फाउन्डेशन’ स्थापना गर्नु भएको छ l ‘एजुकेशन फाउन्डेशन अफ नेपाल’ का संस्थापक सभापति बाला घिमिरे नेपाली समुदायमा परिचित नाम हो l वाहा उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीहरुको शाझा संस्था एएनएको अन्तरिम कार्यसमितिमा सदस्य पदमा रहेर एएनएलाइ सहयोग पुर्याइ रहनु भएको छ l रेस्टुरेन्ट ब्यबसायी घिमिरेका सिकागोमा ‘सिकागो करी हाउस’ र ‘सिकागो करी हट’ रेस्टुरेन्टका संचालनमा छन् l









I AM REALLY VERY HAPPY TO SEE THIS NEWS OF A NEPALI GETTING RECOGNIZED AND GETTING PRESTIGIOUS AWARD IN AMERICA. THIS AWARD AND RECOGNITION IS NOT ONLY FOR HIM BUT FOR ALL NEPALI AND NRNs ( NON RESIDENT NEPALI DIASPORA). WE FEEL VERY PROUD OF YOU. PLEASE ACCEPT MY CONGRATULATION MR BALA GHIMIRE AND SHIV UPADHYAY ON BEHALF OF MYSELF AND NRN NCC USA ( NON RESIDENT NEPALI NATIONAL COORDINATION COUNCIL USA. THIS WILL ENCOURAGE ALL OTHER NEPALI TO WORK HARD WITH SINCERITY AND HONESTY AND ACHIEVE GREAT AWARDS OF AMERICA.
THANKS
DR. BINOD SHAH
TREASURER, NRN NCC USA
PRESIDENT, ANTA
PRESIDENT, ANFS